नेपालको आन्तरिक मामिलामा चीनले हात हाल्यो



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दवाव सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र दवाव परिरहेका बेला चीनले चासो देखाएको छ ।

बिहीबार राति बालुवाटारमा कम्युनिस्ट प्रधानमन्त्री ओलीलाई झण्डै दुई घण्टा गोप्य रुपमा भेटेकी नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले शुक्रबार नेकपाका दुई शीर्ष नेतालाई अलग–अलग भेट गरेकी छिन् । स्रोतका अनुसार ओली र राजदूत यान्छीबीच नेपालको पछिल्लो राजनीति र नेकपाभित्रको विवादका विषयमा कुराकानी भएको उच्च स्रोतले जनाएको छ ।

चिनियाँ राजदूत यान्छीले नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ललितपुरको खुमलटारस्थित निवासमै पुगेर भेटेकी हुन् ।

त्यसपछि उनले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरस्थित निवासमा भेटेका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।

ओलीसँगको भेटपछि नेकपाका शीर्ष दुई नेता प्रचण्ड र नेपालसँग राजदूत यान्छीले भट्नुलाई राजनीतिक विश्लेषकहरूले नेपालका आन्तरिक राजनीतिमा चीनको प्रवेशका रुपमा विश्लेषण गरेका छन् ।

ओली सरकार संकटमा परेका बेला नेपालका लागि चिनियाँ राजदूत यान्छीको राजनीतिक भेटघाटलाई नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप भन्दै आलोचना भएको छ ।

चीनले पछिल्लो समय नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आएको छ । चीनकै दवावमा तत्कालीन एमाले र माओवादीबीच पार्टी एकीकरण भएर नेकपा बनेको चर्चा छ ।

केही दिन अगाडि राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...