ओलीको ग्रिन सिग्नलपछि कानूनी परामर्शमा गौतम



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनाउने प्रस्तावपछि नेकपाका उपाध्यक्ष वामदेव गौतम कानूनी परामर्शमा जुटेका छन् ।

राष्ट्रियसभामा मनोनित भए आफु प्रधानमन्त्री बन्न सक्नेरनसक्नेबारे बरिष्ठ अधिवक्ता तथा केही नेताहरुसँग छलफल गरेका छन् । प्रतिनिधिसभा चुनाव हारेर राष्ट्रिय सभामा मनोनित व्यक्ति मन्त्री बन्न नसक्ने संवैधानिक प्रावधान छ । राष्ट्रियसभामा मनोनित हुने एक पद रिक्त छ ।

प्रतिनिधिसभा हारेर पनि राष्ट्रियसभामा मनोनित भएर प्रधानमन्त्री हुन संविधान संशोधन गर्नुपर्ने हुन्छ । संविधान संशोधन गर्न संसदमा दुई तिहाई चाहिन्छ । अहिले सत्तापक्षसँग दुई तिहाई छैन । त्यसकारण उनलाई प्रधानमन्त्री बन्न सहज छैन । धेरैले वामदेवलाई यही सल्लाह दिएका छन् ।

कुनै सांसदलाई राजिनामा दिएर उनलाई उठाउनेबारे पनि बहस सुरु भइसकेको छ । यसअघि पनि पटक पटक यस्तो प्रयास भएपनि सफल भएको थिएन ।
आफ्नो राजिनामा माग भएपछि प्रधानमन्त्री ओलीले कोरोनाको समस्या सकिएपछि आफुले राजिनामा दिने र त्यसपछि बामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका थिए । अहिले अल्मल्याउन मात्र ओलीले यस्तो प्रस्ताव राखेको कतिपय नेताहरुको भनाई छ । यसबारे थप छलफल गर्न शनिबार नेकपाको सचिवालय बैठक बस्दै छ । बैठकमा पेलेरै जाने प्रचण्ड -माधव नेपाल पक्षको तयारी छ । ओलीले पनि आफु निकट नेताहरुसँग यसबारे छलफल थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...