समाजवादी – राजपा एकीकरणमा दजर्नौ नयाँ लफडा सुरु



 

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीचमा भएको एकीकरणमा राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा र राजकिशोर यादवले पनि सहमति जनाएका छन् ।

दुई पार्टी बीच एकीकरणका लागि सैद्धान्तिक सहमति भएको दिन यी दुई नेता अनुपस्थित भएपछि एकीकरणबारे विभिन्न आशंका गरिएको थियो । तर उनीहरूले पनि त्यसमा हस्ताक्षर गरी सहमति जनाएपछि पार्टी दर्ताको प्रकृया अगाडि बढेको जनाइएको छ ।

बैशाख १६ गते बसेको तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलको बैठकले दुई दल बीचमा भएको सहमतिलाई अनुमोदन गरेको छ । एकीकरणका लाागि भएको सहमतिलाई अनुमोदन गर्ने माइन्युटमा अनिलकुमार झा र राजकिशोर यादवसहित तत्कालीन अध्यक्षमण्डलमा रहेका छ जना सदस्यकै हस्ताक्षर रहेको छ ।

समाजवादी पार्टीसँगको एकीकरण विषयलाई लिएर यी दुईजना नेताले शुरुदेखि नै फरकमत राख्दै आएका थिए । उनीहरूले अरु दलसँग एकिकरण गर्नु भन्दा पहिले आफ्नै पार्टी ब्यवस्थित हुनुपर्ने अडानमा थिए । ६ दल मिलेर बनेको राजपा नेपालको महाधिवेशन गरि व्यवस्थित भएर ढंगले समाजवादी पार्टी लगायत अन्य दलसँग एकीकरण गर्नुपर्ने तर्क उनीहरूको थियो ।

तर राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारीले दुई दलबीच एकीकरण गरेर एकताको महाधिवेशन गर्ने तर्कसहित अगाडि बढेका थिए त्यसमा उनीहरू सफल भएका छन् ।

एकीकरणको सहमति अनुमोदन भएपछि दर्ता प्रकृया अगाडि बढेको छ । तत्कालीन समाजवादी पार्टी र राजपा नेपालले केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गर्ने कार्य तीब्र पारिएको छ । सबैको हस्ताक्षर आइसकेपछि पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाउनेछ । लकडाउनमा केन्द्रीय समितिको बैठक बोलाउन सम्भव नभएको कारण केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिरहेको छ । सोही हस्ताक्षरको आधारमा एकीकरणको प्रकृया अगाडि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस
ट्र्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९

राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा