नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय, ओली र प्रचण्डसँग छुट्टा-छुट्टै भेट



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेकपाभित्र चरम विवाद भइरहेका बेला चिनिया राजदूत हौ यान्छी सक्रिय भएकि छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका बेला राजदूत यान्छीको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

विहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटर्वार्ता गरेकि थिइन । प्रधानमन्त्रीसँग झण्डै ढेड घण्टा उनले छलफल गरेको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्रीसँग उनले के बिषयमा छलफल गरिन् ? त्यो भने खुल्न सकेको छैन ।

विहीबार प्रधानमन्त्री ओलीसँग भेटर्वार्ता गरेकि राजदूत यान्छीले शुक्रवार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटर्वार्ता गरेकि छन् । प्रचण्ड निवास खुमलटार पुगेर उनले प्रचण्डसँग भेटवार्ता गरेको स्रोतले बताएको छ ।

उनको भेटर्वार्ता राजनीतिक हो वा होइन ? त्यो भने खुलेको छैन । प्रचण्डपछि उनले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटर्वार्ता गर्ने भएकि छिन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...