नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय, ओली र प्रचण्डसँग छुट्टा-छुट्टै भेट



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेकपाभित्र चरम विवाद भइरहेका बेला चिनिया राजदूत हौ यान्छी सक्रिय भएकि छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका बेला राजदूत यान्छीको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

विहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटर्वार्ता गरेकि थिइन । प्रधानमन्त्रीसँग झण्डै ढेड घण्टा उनले छलफल गरेको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्रीसँग उनले के बिषयमा छलफल गरिन् ? त्यो भने खुल्न सकेको छैन ।

विहीबार प्रधानमन्त्री ओलीसँग भेटर्वार्ता गरेकि राजदूत यान्छीले शुक्रवार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटर्वार्ता गरेकि छन् । प्रचण्ड निवास खुमलटार पुगेर उनले प्रचण्डसँग भेटवार्ता गरेको स्रोतले बताएको छ ।

उनको भेटर्वार्ता राजनीतिक हो वा होइन ? त्यो भने खुलेको छैन । प्रचण्डपछि उनले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटर्वार्ता गर्ने भएकि छिन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...