माधव नेपालले भने,- म तेस्रो अध्यक्ष बन्दिँन, केपी – प्रचण्ड तनावमा



हाम्रो इकोनोमि

 

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो अध्यक्ष बन्न प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्ताव अस्वीकार गरेका छन् । विहीबार साँझ प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी वरिष्ठ नेता नेपालले तेस्रो अध्यक्षको प्रस्ताव अस्वीकार गरेको स्रोतले बताएको छ ।

बुधवार बसेको पार्टी सचिवालय बैठकमा ओलीले नेपाललाई तेस्रो वरियताको अध्यक्ष र वामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेका थिए । पार्टी सचिवालय, स्थायी र केन्द्रीय कमिटीमा अल्पमतमा परेका ओलीले अप्रत्यासितरुपमा यस्तो प्रस्ताव ल्याएका थिए । ओलीको प्रस्तावमा उपाध्यक्ष वामदेव गौतम केही आशावादी भएपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपालले गठजोड टुटाउने ओलीले यस्तो प्रस्ताव ल्याएको बताएका छन् ।

शनिवार सचिवालयको बैठक फेरी बस्दैछ । त्यो भन्दा पहिले चार नेताका निवासमा भिन्नाभन्नै बैठकहरु बसेका थिए । प्रधानमन्त्रीको बैठक सरकारी निवास बालुवाटारमा बसेको थियो भने अर्का अध्यक्ष दाहालको बैठक निवास खुमलटारमा बसेको थियो । प्रधानमन्त्रीको बैठकमा सचिवालय सदस्य इश्वर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुड, संसदीय दलका उपनेता सुवास नेम्वाड सहभागी थिए भने प्रचण्ड निवासमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गोकर्ण बिष्ट र मात्रिका यादव थिए ।

बालुवाटारको बैठकले प्रधानमन्त्री र पार्टी अध्यक्ष नछोड्न ओलीलाई आग्रह गरेका थिए भने प्रचण्ड निवासको बैठकले दूवै पदबाट राजीनामा गराउने अडान नछोडन आग्रह गरेका थिए । दुई अध्यक्षको निवासमा भएका बैठकले भिन्नाभन्नै निस्कर्ष निकालेका छन् ।
उता वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरी आफु तेस्रो अध्यक्ष नबन्ने बताएका छन् । विहीबार दिउँसो अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर नेता नेपालले तेस्रो वरियताको अध्यक्ष नबन्ने बताएका थिए । जवाफमा प्रचण्डले ओलीको राजीनामा माग्ने अडानमै आफु रहेको र नेता नेपाललाई पनि रहन आग्रह गरेको स्रोतले बताएको छ ।

प्रचण्डसँग दिउँसो टेलिफोन सम्वाद गरेका नेपालले अपरान्न प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेका थिए । ओलीसँग पनि नेपालले तेस्रो अध्यक्ष नबन्ने बताएका थिए । “तेस्रो अध्यक्ष बन्दैमा समस्या सामधान हुँदैन, विकल्प दिन तपाई तयार हुनुपर्दछ”, टेलिफोनमा नेता नेपालले भने ।

बुधवारको बैठकमा प्रधानमन्त्रीको प्रस्ताव आएपनि उपाध्यक्ष गौतमले पनि आफ्नो निवासमा छुट्टै छलफल गरेका छन् । प्रधानमन्त्री ओलीको प्रस्तावमा छलकपट नभए त्यसलाई सकारात्मकरुपमा लिनुपर्ने गौतमको धारणा थियो भने उनी निकट नेताहरुले अहिले नै प्रधानमन्त्री बन्न असम्भव रहेको बताएका थिए । “ओलीले चाँहदैनमा अहिले नै प्रधानमन्त्री बन्ने अबस्था छैन, तपाईलाई फेरी गुमराहमा राख्ने खेल भएको छ”, भन्दै उनी निकटका नेताहरुले सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...