शनिबारको सचिवालयमा गौतमलाई प्रधानमन्त्री बनाउन ओलीले प्रस्ताव ल्याउने पक्का



हाम्रो इकोनोमि

 

शनिबारको सचिवालयमा बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याउने पक्का भएको छ । नेकपाको सचिवालय बैठक बैशाख २० गते शनिबार बस्दैछ । अध्यक्ष ओलीले बामदेवलाई प्रधानमन्त्री बनाउन बैठकमा ठोस प्रस्ताव ल्याउने भएका छन । बामदेव गौतमलाई प्रधानमन्त्री बनाउनै चाहेका हुन् भने प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा दुईवटा विधि सुझाउन सक्छन् ।

एक. राष्ट्रियसभाको सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने प्रस्ताव सचिवालय बैठकमा राख्ने । र, बामदेवलाई राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनयन गराएर राष्ट्रियसभा सदस्य बनाई प्रधानमन्त्री बनाउने प्रस्ताव सचिवालयमा राख्ने ।

दुई. प्रतिनिधिसभाको कुनै सिट खाली गराएर त्यसमा बामदेव गौतमलाई उपचुनाव जिताएर प्रधानमन्त्री बनाऔं भन्ने प्रस्ताव शनिबारको बैठकमा राख्ने । यसका लागि आफ्नो कुनै सांसदको राजीनामा समेत सचिवालय बैठकमा पेश गर्ने ।

प्रधानमन्त्री ओलीले शनिबार सचिवालयको बैठकमा यी दुईमध्ये एउटा प्रस्ताव ल्याएको खण्डमा उनी वामदेवलाई प्रधानमन्त्री बनाउन ईच्छुक रहेको सिद्ध हुने नेकपा नेताहरु बताउँछन् ।
प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा ल्याउन सक्ने यी दुई प्रस्तावको राजनीतिक प्रभाव कस्तो पर्ला रु अनि, प्रधानमन्त्रीबाट यस्तो प्रस्ताव आइहाल्यो भने सचिवालयका अन्य नेताहरुको अभिमत के होला रु यो बेग्लै विश्लेषणको विषय हो ।

 

बामदेव गौतमलाई प्रधानमन्त्रीको पद दिएर फकाउने अनि प्रचण्ड-माधव समूहबाट उनलाई आफूतिर तान्ने नियतले प्रधानमन्त्रीले शनिबार औपचारिक प्रस्ताव ल्याइहाले भने यसले प्रचण्ड र माधव नेपाललाई मात्रै नभएर स्वयं प्रधानमन्त्रीलाई समेत अक्करमा पार्ने सम्भावना देखिन्छ ।

प्रथमत : राष्ट्रियसभाको सदस्यसमेत प्रधानमन्त्री बन्न पाउने प्रस्ताव प्रधानमन्त्री ओलीको तर्फबाट सचिवालयमा ल्याइनु भनेको संविधानको मर्म र भावनाविपरीत कदम हुन जानेछ । र, यसको अपजसको भारी प्रधानमन्त्री स्वयंले बोक्नुपर्ने हुन्छ । यो कदमवापत सरकारले थप आलोचना र विरोधको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । र, यसका लागि गरिने संविधान संशोधनमा दुईतिहाई बहुमत नजुट्ने निश्चित भएकाले यो बाटोबाट वामदेव प्रधानमन्त्री बन्ने सम्भावना छैन । र, परिणाम केपी ओलीकै विपक्षमा जाने छ ।

दोस्रो : उपचुनावबाट वामदेवलाई प्रतिनिधिसभामा ल्याउने प्रस्ताव प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा ल्याए भने उधारो कि हाताहाती भन्ने प्रश्न उठ्न सक्छ । किनभने, विगतमा पनि यसबारेका सम्भावनाका खेलहरु धेरै भएका थिए । सांसद धनबहादुर बूढालाई राजीनामा गराउन खोजिएको थियो, मतदाताले मानेनन् । अर्का सांसद रामवीर मानन्धरको राजीनामा प्रकरण पनि सफल भएन । कास्कीमा खाली भएको सीटमा पनि वामदेव जान सकेनन् ।

अब यो अवस्थामा कसलाई खाली गराएर बामदेवलाई उपचुनावमा पठाउने ? नेकपाका एक नेता भन्छन्, ‘प्रधानमन्त्री ओलीले बामदेवलाई प्रधानमन्त्री बनाउन चाहेकै हो भने यसबारे शनिबारको बैठकमा ठोस प्रस्ताव आउला । उहाँले त्याग नै देखाउनु खोज्नुभएको हो भने झापाको आफ्नै निर्वाचन क्षेत्र खाली गराएर भए पनि वामदेवलाई प्रतिनिधिसभामा ल्याउन पनि सक्नुहोला ।’

तर, उपचुनावमा बामदेवलाई जिताउनु अर्को जोखिमपूर्ण गेम हुन सक्छ । नेकपाका लागि । यसका साथै प्रधानमन्त्री आफैंले शनिबारको सचिवालय बैठकमा बामदेवका लागि उपचुनावको प्रस्ताव ल्याउनु भनेको राजनीतिक अस्थिरताका लागि आफैं साक्षी बसेको ठहरिने छ र जनतामा उनको लोकपि्रयता थप कमजोर हुने खतरा बढ्नेछ ।
के यी सबैखाले जोखिमहरु मोलेर प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ‘रोडम्याप’ प्रस्तुत गर्लान् त ? पार्टीभित्र र बाहिर सबैतिरबाट यसलाई चासोपूर्वक हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...