पसल–पसल नडुलौं, सचिवालयतिरै समाधान गरौं : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री यागेश भट्टराईले सचिवालय बैठकबाटै पार्टीको बिवादको समाधान दिन सुझाव दिनुभएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले पार्टीभित्रको छलफल छरपष्ट भई सचिवालयमा प्रवेश गरेकोले त्यहीबाछ समाधान आउनु पर्ने आफ्नो सुझाव राख्नुभएको हो । नेकपा स्थायी कमिटीका २० जना सदस्यहरुले स्थायी कमिटीको बैठक बोलाउन हस्ताक्षर गरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डलाई ज्ञापनपत्र बुझाइसकेको सन्दर्भमा स्थायी कमिटी सदस्य भट्टराईले यस्तो सुझाव दिनुभएका हो ।

मन्त्री भट्टराईले बिवाद सचिवालयमै मिल्नुपर्ने सुझाव दिएर स्थायी कमिटी बैठक तत्काल आवश्यक नरहेको मत जाहेर गर्नुभएको छ । ‘छरपस्ट भएर छिरिएको छलफल सचिबालय बैठकमार्फत घरभित्र प्रवेश गरेको छ । त्यहाँबाट बाहिर ननिकालौं, त्यतातिरै समाधान गरौं,’ भट्टराईले भन्नुभएको छ, ‘बजार बन्द छ, पसल पसल नडुलौं । संवाद, संवाद र फेरि पनि संबाद ।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...