ओलीको नेतृत्व स्विकार गर्नुको विकल्प छैन : नेता महतो



 

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का केन्द्रीय सदस्य हरिनारायण महतोले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारलाई एक ढिक्का भएर सहयोग गर्नुपर्नेमा सार्वजानिक रुपमै विरोध गरेकोप्रती नेकपाका शिर्ष नेताहरुको आलोचना गरेका छन् । प्रेस सगंठन नेपालमा आवद् पत्रकारहरुसँगको भेटघाटमा नेता महतोले सकंटका बेला सरकारलाई सहयोग गर्नुको साटो शिर्ष नेताहरुनै सरकारको आलोचनामा उत्रिएकोप्रती आलोचना गरेका हुन् ।

पटपटक प्रधानमन्त्री बनिसकेका नेकपाका शिर्ष तहका नेता नै सरकारको विरुद्मा खुल्लामखुल्ला उत्रिनु दुखद कुरा हो , मिथिला नगरपालिकाको मेयर समेत रहेका नेता महतोको भनाई थियो , झलनाथ खनाल देखि लिएर माधव नेपालको नेतृत्वमा बनेको सरकारलाई केपीशर्मा ओलीले सहयोग गरेका थिए । अहिले भने ओली नेतृृत्वको सरकारको विरुद्मा तिनै नेता खुल्लामखुल्ला उत्रिएकाछन् । यो दुखद कुरा हो ।

नेता महतोले नेकपामा जनवादी केन्द्रीयता विरुद् शिर्ष तहकै नेता उत्रिएको समेत आरोप लगाए । उनले भने , हामीले जनवादी केन्द्रीयताको कुरा गरिरहँदा जनवादी केन्द्रीयताको विरुद्मा गएर आफ्नै पार्टीको अध्यक्षले नेतृत्व गरिरहेको सरकार विरुद् सार्वजानिक रुपमै अभिब्यक्ति दिँदै आएकाछन् । शिर्ष नेताहरु नै जनवादी केन्द्रीयता विरुद् उत्रिदा तल्ला तहका नेता समेत अराजक बन्ने खतरा बढेर गएको छ ।

शिर्ष नेताहरुलाई पार्टी भित्रको अन्तरविरोध आपसमा बसेर सुल्झाउन आग्रह समेत गरे । कोरोना सकंट विरुद् लडिरहेको प्रधानमन्त्री ओली नेतृत्व सरकारलाई सहयोग गर्नु पर्ने बेला बेमौसमी बाजा बजाएर सरकारको नेतृत्व परिवर्तन गर्न खोज्नु आम कार्यकर्ताको लागि दुर्भाग्य भएको उनले बताए ।

सकंटको बेला शिर्ष नेताले मात्रै नभएर आम नेताकार्यकर्ताले वर्तमान सरकारलाई सहयोग गर्न आवस्यक रहेको उनको भनाई थियो । कोरानाको सन्त्रास बढिरहँदा मिथिला नगरपालिकामा प्रदेश दुईमै नमुना क्वारेन्टाईन स्थापना गरेर चर्चामा आएका मेयर महतो प्रदेश २ मा नेकपाका जुझारु नेता मध्येका एक हुन् । यसअघि दुई पटक ढल्केवर गाउँपालिकाको दुई पटक अध्यक्ष बनिसकेका नेता मेयर मिथिला नगरपालिकाको मेयरमा अत्याधिक मत ल्याएर विजय भएका थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्