ओलीको नेतृत्व स्विकार गर्नुको विकल्प छैन : नेता महतो



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का केन्द्रीय सदस्य हरिनारायण महतोले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारलाई एक ढिक्का भएर सहयोग गर्नुपर्नेमा सार्वजानिक रुपमै विरोध गरेकोप्रती नेकपाका शिर्ष नेताहरुको आलोचना गरेका छन् । प्रेस सगंठन नेपालमा आवद् पत्रकारहरुसँगको भेटघाटमा नेता महतोले सकंटका बेला सरकारलाई सहयोग गर्नुको साटो शिर्ष नेताहरुनै सरकारको आलोचनामा उत्रिएकोप्रती आलोचना गरेका हुन् ।

पटपटक प्रधानमन्त्री बनिसकेका नेकपाका शिर्ष तहका नेता नै सरकारको विरुद्मा खुल्लामखुल्ला उत्रिनु दुखद कुरा हो , मिथिला नगरपालिकाको मेयर समेत रहेका नेता महतोको भनाई थियो , झलनाथ खनाल देखि लिएर माधव नेपालको नेतृत्वमा बनेको सरकारलाई केपीशर्मा ओलीले सहयोग गरेका थिए । अहिले भने ओली नेतृृत्वको सरकारको विरुद्मा तिनै नेता खुल्लामखुल्ला उत्रिएकाछन् । यो दुखद कुरा हो ।

नेता महतोले नेकपामा जनवादी केन्द्रीयता विरुद् शिर्ष तहकै नेता उत्रिएको समेत आरोप लगाए । उनले भने , हामीले जनवादी केन्द्रीयताको कुरा गरिरहँदा जनवादी केन्द्रीयताको विरुद्मा गएर आफ्नै पार्टीको अध्यक्षले नेतृत्व गरिरहेको सरकार विरुद् सार्वजानिक रुपमै अभिब्यक्ति दिँदै आएकाछन् । शिर्ष नेताहरु नै जनवादी केन्द्रीयता विरुद् उत्रिदा तल्ला तहका नेता समेत अराजक बन्ने खतरा बढेर गएको छ ।

शिर्ष नेताहरुलाई पार्टी भित्रको अन्तरविरोध आपसमा बसेर सुल्झाउन आग्रह समेत गरे । कोरोना सकंट विरुद् लडिरहेको प्रधानमन्त्री ओली नेतृत्व सरकारलाई सहयोग गर्नु पर्ने बेला बेमौसमी बाजा बजाएर सरकारको नेतृत्व परिवर्तन गर्न खोज्नु आम कार्यकर्ताको लागि दुर्भाग्य भएको उनले बताए ।

सकंटको बेला शिर्ष नेताले मात्रै नभएर आम नेताकार्यकर्ताले वर्तमान सरकारलाई सहयोग गर्न आवस्यक रहेको उनको भनाई थियो । कोरानाको सन्त्रास बढिरहँदा मिथिला नगरपालिकामा प्रदेश दुईमै नमुना क्वारेन्टाईन स्थापना गरेर चर्चामा आएका मेयर महतो प्रदेश २ मा नेकपाका जुझारु नेता मध्येका एक हुन् । यसअघि दुई पटक ढल्केवर गाउँपालिकाको दुई पटक अध्यक्ष बनिसकेका नेता मेयर मिथिला नगरपालिकाको मेयरमा अत्याधिक मत ल्याएर विजय भएका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...