नेकपा सचिवालय बैठक बालुवाटारमा जारी



हाम्रो इकोनोमि

 

चर्को विवादका बीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा अहिले जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको सचिवालय बैठक शुरु भएको जानकारी दिए ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बैठक शुरु भएको हो । पार्टीभित्र विकसित पछिल्लो स्थितिको समीक्षा गर्दै पार्टीको आगामी कार्यदिशा तय गर्न बैठक बसेको हो । सरकारले पछिल्लो समयमा राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को कार्यक्षेत्र संशोधनसम्बन्धी अध्यादेश जारी र खारेज गराएको, स्थायी समिति बैठकको मिति तय, पार्टी एकताका बाँकी कामले पूर्णता नपाएको, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएकोलगायत सन्दर्भमा नेकपाभित्र विवाद देखिएको छ ।

पार्टीमा अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष  प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायत बहुमत सचिवालय सदस्यको अर्को समूहबीच विवाद चर्किएको छ। प्रचण्ड-नेपाल समूहले स्थायी समिति बैठक राखेर सबै समस्यामाथि छलफल गर्न आग्रह गर्दै आएको छ। प्रधानमन्त्री ओली भने पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट आफुलाई हटाउन खोजिएकोमा असन्तुष्ट छन्।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...