पूर्वमाओवादी ५० प्रतिशत ओली समूहमा, तनावमा प्रचण्ड



हाम्रो इकोनोमि

 

नेकपाभित्र प्रचण्डले नेतृत्व गरेको पूर्वमाओवादी समूहमा पनि दुई धार देखिएको छ । नेकपाभित्र माधव पक्षले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने चेतावनी दिइरहेका बेला पूर्वमाओवादी खेमाका केही नेताले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु हुन्न भन्दै ओली र प्रचण्डबीचको एकतामा जोड दिएका छन् ।

ओलीले दुईमध्ये एक पद नछाडे प्रधानमन्त्रीबाट हटाउने चेतावनी नेपाल पक्षले दिइसकेको छ । प्रचण्डले पनि ओलीलाई निकास दिन सुझाइरहेका छन् । बुधबार साँझको सचिवालय बैठकबाट स्थायी कमिटी बैठक बोलाउन ओलीमाथि दबाब दिने रणनीति छ ।

नेकपा स्रोतका अनुसार पूर्वमाओवादीतर्फका केही नेताले प्रचण्डलाई भेटेरै पार्टी एकता जोगाउन र पूर्वएमालेको झगडामा एउटाको पक्ष नलिन सुझाव दिएका छन् । प्रचण्डलाई यस्तो सुझाव दिनेमा शक्ति बस्नेत, टोपबहादुर रायमाझी, लेखराज भट्ट, देवेन्द्र पौडेल, दीनानाथ शर्मा, प्रभु साह लगायतका नेता रहेको स्रोत बताउँछ । उनीहरुले पार्टी फुटबाट जोगाउन प्रचण्डको भूमिका हुनुपर्ने भन्दै अहिलेको अवस्थामा दुई अध्यक्षबीचको समझदारीमा जोड दिएका छन् ।

स्थायी कमिटी सदस्य पौडेलले पार्टी फुट्न नदिन सबै नेताहरु जिम्मेवार बन्नुपर्ने बताए । अहिलेको समस्याको समाधान प्रधानमन्त्री र अध्यक्ष समेत भएकाले केपी ओलीले दिनुपर्ने भन्दै पार्टीका बैठकमा छलफल हुँदा निकास आउने बताए । उनले आफूहरुले प्रचण्डलाई पार्टी एकताको पहल लिन आग्रह गरिरहेको बताए ।

त्यस्तै, मंगलबार मात्र प्रचण्डलाई भेटेर सुझाव दिएका प्रदेश २ का अध्यक्ष प्रभु साहले ओलीको विकल्प पूर्वएमालेकै अर्को कुनै नेता हुन नसक्ने बताए । उनले अहिले सरकार परिवर्तनको खेलमा प्रचण्ड लाग्न नहुने र ओली हटाउनै परे प्रचण्ड नै प्रधानमन्त्री बन्ने शर्तमा मात्र आफूहरुको साथ दिने उनको भनाइ रहेको स्रोतको दाबी छ ।

प्रचण्ड समूहमा रहेका जनार्दन शर्मा, हरिबोल गजुरेल, देव गुरुङ लगायतका नेताहरु भने केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने पक्षमा छन् ।

प्रचण्डले सबै नेताहरुका कुरा सुनिरहेका छन् । ओलीको कार्यशैलीबाट आजित भएका प्रचण्डले उनी सुध्रिने सम्भावना नदेखिएको बताउने गरेका छन् । ओलीलाई भेट्न बालुवाटार जानुअघि प्रायः प्रचण्डले माधव नेपाललाई भेटेर वा फोनमा जानकारी दिने गरेका छन् ।

उनी ओलीबाट अपमानित महशुस गरेकै कारण नेपाल पक्षसँग मिलेको पूर्व माओवादी नेताहरुको भनाइ छ । ओलीले यसबीचमा पनि सांसदहरुसँग भेट्ने, पूर्वमाओवादीका सांसद तथा केन्द्रीय सदस्य आफूतिर तान्ने प्रयास गरिरहेको प्रचण्डनिकट नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...