पूर्व माओवादी मन्त्रीहरू सामूहिक राजीनामा दिने तयारीमा



हाम्रो इकोनोमि

 

बालुवाटारले हस्ताक्षर अभियान सुरु गरेर पार्टी एकतामाथि खलल पुर्याउने खोजे पूर्वमाओवादी केन्द्रका ६ जनै मन्त्रीहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, बिना मगर, रामेश्वर राय यादव, वर्षमान पुन र शक्ति बहादुर बस्नेतले राजीनामा दिनेसम्मको तयारी गरेको स्रोतको दाबी छ ।

प्रचण्डनिकट उच्च स्रोतको दाबीअनुसार पूर्व माओवादी केन्द्र खेमाका कुनैपनि सांसद प्रधानमन्त्री ओलीको पक्षमा नउभिने र वारपारको अवस्था आए अध्यक्ष दाहाललाई नै साथ दिने उनीहरुको भित्री तयारी छ । त्यतिमात्रै नभएर, ओली हटाउनेबारे आजको सचिवालय बैठकमा अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाले संयुक्त प्रस्ताव लगे नेता नेपालनिकट मन्त्रीहरु घनश्याम भुषाल र यागेश भट्टराईले पनि पदबाट राजीनामा दिने र ओलीविरुद्ध उभिने मनशाय बनाएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीको पक्षमा उभिने भनेर चर्चामा आएको पूर्व माओवादी केन्द्र खेमाका मन्त्री लेखराज भट्टले हस्ताक्षर अभियानमा सहभागी नहुने बताउन थालेको स्रोतको दाबी छ । आफू पार्टी एकताको पक्षमा रहेको अहिले हस्ताक्षर अभियान चलाउन नहुने उनको भनाई छ । तर, यदि हस्ताक्षर अभियान नै चलाएर एकता भाँड्ने प्रयास भए आफू अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिने उनले आफूनिकट नेताहरुसँग बताउन थालेका छन् । भट्टले आजमात्रै अध्यक्ष दाहालसँग खुमलटारमा पुगेर भेटवार्ता गरेको स्रोतको दाबी छ ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीनिवास बालुवाटारमा ओली पक्षधर सांसदहरुको भेला भएको र ओलीको पक्षमा प्रचण्डनिकट सांसदहरुले समेत हस्ताक्षर गर्ने समाचार बाहिर आएपछि पूर्व माओवादी केन्द्र खेमाका सांसदहरु ओलीको कदमलाई लिएर सशंकित बनेका छन् । सचिवालय बैठकमा ओलीलाई साथ दिएका रामबहादुर थापा बादलले समेत प्रचण्डलाई आज भेटेका थिए । उनले आफूले अन्तिम अवस्थामा दाहाललाई नै साथ दिने स्पष्ट संकेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...