प्रधानमन्त्री ओलीको गोप्य निर्देशन, प्रचण्ड र माधवलाई झडका



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितिको सामनाका लागि तयार रहन आफूनिकट सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षले आफूलाई हटाउन हरसम्भव प्रयास गरिरहेको र त्यो प्रयास सफल नभए पार्टी फुटाउनेसम्मको योजना बनाएको जानकारी सांसदहरुलाई गराउँदै प्रधानन्त्री ओलीले उक्त परिस्थितिका लागि मानसिक रुपमा तयार रहन आफूनिकट सांसदहरुलाई भित्रिरुमा कडा निर्देशन गर्नु भएको हो ।

आफु नजिकका सांसदलाई प्रधानमन्त्रीको गोप्य निर्देशनसँगै नेकपाका कार्यकारी भनिएका अध्यक्ष प्रचण्डनै निकै सकसमा पर्नु भएको छ । आफु निकट भनिएका रामबहादुर थापा वादल समेत उतै उभिएपछि प्रचण्ड अत्तालिएको स्रोतले जनाएको छ ।

प्रचण्ड र माधव नेपालले आफूविरुद्ध घेराबन्दी गरेको दुखेसो प्रधानमन्त्रीले सुनाउनुभएको सांसदहरुले बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले राजधानीमा उललब्ध आफूनिकट सांसदहरुलाई बोलाएर यस्तो निर्देशन दिएपछि नेकपामा उकुस मुकुस मात्र मच्चिएको छैन ओलीलाई हल्लाउन नसकिने भो सम्मका कुरा चल्न थालेका छन् ।  स्थायी कमिटि सदस्य भीम रावलले बालुवाटारमा गुटगत सांसदहरुको भेला बसाएर प्रधानमन्त्री ओली नै स्वयं पार्टी फुटाउने षडयन्त्रमा लागेको आरोप लगाउनुभयो ।

नेता रावलले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनुअघि नै प्रधानमन्त्री ओलीले केही नेताहरुसँग पार्टी फुट्ने योजनाका बारेमा कुराकानी गरेको विषय नै सार्वजनिक भइसकेको दाबी गर्नुभयो ।

गल्ती सुधार्र्दै सहमतिका साथ अघि बढ्न ओलीले गरेको प्रयासले पनि पार्टीभित्र मुर्त रुप लिन सकेको छैन । माधव नेपाल पक्षधर नेताहरुले भने प्रधानमन्त्रीले कुनै प्रस्ताव गरेर अब समस्याको समाधान निस्कन नसक्ने बताइरहेका छन् । नेता रावलले अबको विकल्प भनेको केपी ओलीले कुन कुन पद छाड्ने भन्नेमा मात्रै रहने संकेत गर्नुभयो ।

उहाँले प्रधानमन्त्रीको पदमा बसेर ओलीले गरेका त्रुटिहरु माफीयोग्य नभएकोले उहाँले निकास दिनुपर्ने जिकिर गर्नुभयो ।  तर यता प्रधानमन्त्री ओली निकट नेताहरुले भने केपी ओलीलाई अहिले पदबाट हटाउने कुचेष्टा नगर्न चेतावनी दिएका छन् ।

ओली नजिकका नेता गोकुल बाँस्कोटाले केपी ओलीको अपिलमा नेकपाले चुनाव जितेकाले उहाँलाई कारबाही गर्ने अधिकार पनि जनतासँग मात्रै रहेको धारणा राख्नुभयो । जनमत एउटाको नाममा प्राप्त हुने अनि सजाय कुनामा बसेर कसैले दिन्छु भनेर नहुने उहाँले बताउनुभयो । तिम्रो यात्रा जिरोतिर भनेर केपी ओलीलाई चुनौती दिने तागत कसैसँग नरहेको नेता बाँस्कोटाको चेतावनी थियो ।

नेकपा भित्रै सत्ता परिवर्तनको चर्को बहस  भइरहदा सत्ता परिवर्त हुने लक्षण देखिएको छैन् । मध्यमार्गी नेता माधव नेपाल तत्काल प्रधानमन्त्री हुने छनक हराएको छ ।

नेकपा सचिवालय बैठक बुधबार बस्ने तय भएसँगै निरन्तर सत्ता परिवर्तनका लागि नेताहरुको दौडधुप र अनौपचारिक बार्ता रोकिएको हो ।

अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको बेग्लाबेग्लै वार्तापछि सचिवालय बैठक बोलाइएको हो ।

प्रचण्डनै ओलीको निरन्तरतामा देखिनु भएको छ । त्यसैगरि अर्का नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल भने आफुसँग भएको गुटले तत्काल प्रभाव नपार्ने देखिएपछि सत्ता परिवर्तन हर्ष न विष्मात भन्ने खालको निर्णयमा हुनुहुन्छ स्रोत भन्छ ।

बरु सरकारका बैठकहरु नियमित हुनु पर्यो । छलफहरु हुनु पर्यो भन्ने अडान भने कायमै  रहेको स्रोत बताउछ ।

दल फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याएपछि उत्पन्न विवादले नेकपालाई फुटको संघारमा पु¥याएको छ । पार्टी भित्रबाट चर्को विरोध भएपछि सरकारले उक्त अध्यादेश फिर्ता लिइसकेपनि ओलीले स्थिति थाम्न सकिरहेका छैनन् ।

नेकपाको प्रचण्ड र माधव नेपाल खेमाले यो विषयलाई नैतिक प्रश्नका रुपमा उठाउँदै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन कसरत भएपनि सत्ता परिवर्तन भने तत्काल देखिएको छैन् ।

कोरोना कहरकाबीच मुलुकमा उत्पन्न राजनीतिक परिघटनाले आम नागरिक भने छक्क परेकाछन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...