प्रधानमन्त्री ओलीको पक्षमा ११५ जना सांसदहरुको हस्ताक्षर



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् । अध्यक्ष पद नछाडे प्रधानमन्त्रीबाट पनि हटाउने तयारी भएको भन्दै ओली पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन संघीय संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको हो ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधवार पनि ओली पक्षीय सांसदहरुको भेला भएको छ । राजधानी बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं ल्याइँदैछ ।

बुधबार साँझ ५ बजे बोलाइएको सचिवालय बैठकमा स्थायी कमिटी बैठकको प्रस्ताव आउने भएकाले ओलीले संसदीय दलमा बहुमत जुटाएर दलको बैठक बोलाउन प्रस्ताव लैजान खोजेका छन् । एक सांसदले भने, ‘स्थायी कमिटी होइन, प्रधानमन्त्री चयन गर्ने संसदीय दलले हो । त्यसो भए संसदीय दलमै चुनाव गरौं, म दलमै फेस गर्छु भन्नुहुन्छ प्रधानमन्त्रीले । प्रधानमन्त्री फेर्ने हो भने अब संसदीय दलको बैठक हुन्छ ।’

प्रधानमन्त्रीले पछिल्ला तीन/चार दिनयता लगातार सांसदहरुसँग भेटेर उनीहरुका कुरा सुनिरहेका छन् । सांसदहरुसँग प्रधानमन्त्रीले कमी कमजोरी हटाउने, अबदेखि पार्टीसँग सल्लाह गरेर चल्ने, तर हटाउन खोजिए सबै परिस्थितिको सामना गर्ने बताएका छन् ।

प्रधानमन्त्रीको पक्षमा प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ११५ जना सांसदले साथ दिने ओलीनिकट नेताहरुको दाबी छ । बुधबार बिहानसम्म सुदूरपश्चिम प्रदेशका नेकपाका १९ सांसदमध्ये १६ जना आफ्नो पक्षमा उभिएपछि ओली पक्ष उत्साहित भएको छ ।

पूर्वएमालेका १२१ जना संसद छन । यसबीचमा केही सांसदले प्रधानमन्त्री ओलीलाई भेटेरै वा अन्य नेतामार्फत खबर गरेर प्रधानमन्त्रीको पक्षमा रहेको जनाउँदा त्यो संख्या ११५ जना पुगेको ओलीनिकट नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...