अविश्वासको प्रस्ताव ल्याउने तयारीमा दाहाल – नेपाल



हाम्रो इकोनोमि

 

नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु एकातिर भएका छन् । प्रधानमन्त्री ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नै पर्ने दबाब परेको छ । तर ओली गल्ने पक्षमा देखिएका छैनन् ।

सचिवालयमा स्पष्ट बहुमत ओलीका बिरुद्ध छ । स्थायी समितिमा पनि पूर्वमाओवादी पक्षको ४५ प्रतिशत र माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहितका नेताहरुको जोड्दा प्रचण्ड बहुुमत देखिन्छ । यस्तो अवस्थामा ओली स्थायी समिति बैठक बोलाउने पक्षमा देखिएका छैनन् ।

त्यही भएर संसदीय दलमै अविश्वास प्रस्ताव समेत ल्याउने परिस्थितिसम्म पनि पुग्ने तयारीमा प्रचण्ड, माधव नेपालहरु पुगेका छन् । र, ओली पक्ष पनि संसदीय दलको हिसाबकिताव गरिरहेको छ । ओलीलाई संसदीय दलमा बहुमत पुर्याउन १० सिटको कमी रहेको आँकलन गरिएको छ । आज दिनभर कहिले बालुवाटारमा ओली नेपाल वार्ता भयो, फेरि नेपाल प्रचण्ड वार्ता भए । खनाल प्रचण्ड वार्ता भइसकेको छ ।   ओली पक्षधर नेताहरुले प्रथमतः माधव नेपाल पक्षलाई फकाउने, दोस्रो संसदीय दलमा एक्लै बहुमत पु‍र्याउन जोड गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...