अविश्वासको प्रस्ताव ल्याउने तयारीमा दाहाल – नेपाल
नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु एकातिर भएका छन् । प्रधानमन्त्री ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नै पर्ने दबाब परेको छ । तर ओली गल्ने पक्षमा देखिएका छैनन् ।
सचिवालयमा स्पष्ट बहुमत ओलीका बिरुद्ध छ । स्थायी समितिमा पनि पूर्वमाओवादी पक्षको ४५ प्रतिशत र माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहितका नेताहरुको जोड्दा प्रचण्ड बहुुमत देखिन्छ । यस्तो अवस्थामा ओली स्थायी समिति बैठक बोलाउने पक्षमा देखिएका छैनन् ।
त्यही भएर संसदीय दलमै अविश्वास प्रस्ताव समेत ल्याउने परिस्थितिसम्म पनि पुग्ने तयारीमा प्रचण्ड, माधव नेपालहरु पुगेका छन् । र, ओली पक्ष पनि संसदीय दलको हिसाबकिताव गरिरहेको छ । ओलीलाई संसदीय दलमा बहुमत पुर्याउन १० सिटको कमी रहेको आँकलन गरिएको छ । आज दिनभर कहिले बालुवाटारमा ओली नेपाल वार्ता भयो, फेरि नेपाल प्रचण्ड वार्ता भए । खनाल प्रचण्ड वार्ता भइसकेको छ । ओली पक्षधर नेताहरुले प्रथमतः माधव नेपाल पक्षलाई फकाउने, दोस्रो संसदीय दलमा एक्लै बहुमत पुर्याउन जोड गर्ने रहेको छ ।


