नेपाल गुटलाई मनग्य मुख्यमन्त्री र मन्त्री दिन ओली तयार



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई तीन प्रस्ताव पठाएका छन् । पार्टीभित्र चरम अल्पमतमा परेपछि ओलीले नेपाललाई रिझाउन विगतका गल्ती सच्याउने र पार्टी नीतिअनुसार चल्ने गरी प्रस्ताव पठाएको स्रोतले बताएको छ ।

पार्टी बैठकदेखि सार्वजनिकरुपमै नेता नेपालको आलोचना गर्ने ओली समुहका नेताहरु आजभोली दैनिक नेपाल निवास कोटेश्वर भेटिन थालेका छन् । उपप्रधानमन्त्री इश्वर पोखरेल, मुख्यमन्त्री शंकर पोखरेलदेखि महान्यायाधिबक्ता अग्नी खरेलसम्म निवास निवास पुग्न थालेका छन् ।

नेपाललाई भेट्न पुगेका यिनै नेताहरुले ओलीको प्रस्ताव नेपाललाई सुनाएका छन् । ओलीको पहिलो प्रस्ताव छ मुख्यमन्त्री फेर्ने । हाल पूर्वएमालेबाट ४ मुख्यमन्त्री छन् । चार जना नै ओली समुहबाट मुख्यमन्त्री बनेका छन् । गण्डकी प्रदेश र ५ नम्वर प्रदेशका मुख्यमन्त्री पार्टीभित्र पनि सिनियर नेता नै हुन् तर प्रदेश १ र बाग्मति प्रदेशका मुख्यमन्त्री भने जुनियर नेता हुन् । ओली समुहमा लागेकै कारण उनीहरुले मुख्यमन्त्री पाएका छन् । नेपाल समुहमा रहेकै कारण तत्कालिन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बाग्मति प्रदेशको मुख्यमन्त्री बन्न सकिनन् । प्रदेश कमिटीका जुनियरलाई मुख्यमन्त्री बनाइएको थियो । त्यसैगरी प्रदेश १ मा पनि तत्कालिन एमाले सचिव भीम आचार्य मुख्यमन्त्री बन्न पाएनन् । ओलीले अहिले त्यो गलत निर्णय सच्याउने प्रस्ताव नेपाललाई पठाएका छन् ।

दोस्रोे ओलीले मन्त्रीहरु फेर्ने प्रस्ताव गरेका छन् । सरकारमा राम्रो काम गरेका नेपाल निकटका मन्त्रीहरु अपमानितरुपमा हटाइएको थियो । गोकर्ण बिष्ट, लालबाबु पण्डितलाई ओलीले दण्डीत गरेर हटाएका थिए । ओलीले वर्तमान मन्त्रीपरिषद हेरफेर गर्ने प्रस्ताव पनि पठाएका छन् ।
तेस्रो ओलीले आफ्नो नीजि सचिवालय फेर्ने प्रस्ताव गरेका छन् । नीजि सचिवालय फेर्न आफु तयार रहेको प्रस्ताव नेपाललाई पठाएको स्रोतले बताएको छ । तर जवाफमा नेपालले एक ब्यक्ति एक पद, पार्टीको विधि र पद्धतिअनुसार चल्न तथा स्थायी कमिटी बैठक बोलाउन ओलीलाई जवाफ दिएको स्रोतले बताएको छ ।

तत्कालिन एमालेको महाधिबेशनदेखि नेकपा गठन हुँदासम्म ओली समुहले नेता नेपालको हुर्मत लिने काम गरे । नेपाल निकटका सिनियर नेताहरुलाई ओली समुहका जुनियर नेताको अन्डरमा राख्नेसम्मको काम विगतमा भयो । बहुमतको दम्भ देखाउँदै आएको ओली समुह यतिबेला गम्भीर अल्पमतमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र गृहमन्त्री नै गएनन् रविले बोलाएको सर्वदलीय बैठकमा

    सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र...

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा...

लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...