ओलीलाई जवरजस्ती हटाइए भयंकर दुर्घटना : पुर्वमन्त्री बास्कोटा



हाम्रो इकोनोमि

 

नेकपाका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई हटाएमा पार्टी र मुलुकले ठूलो क्षती बेहोर्नु पर्ने चेतावनी दिनुभएको छ ।

ओलीको सहमती विना सरकार परिवर्तनको संभावना नरहेको दावी गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई जवरजस्ती हटाइएमा भयंकर दुर्घटना हुने उल्लेख गर्नुभयो ।

सञ्चार माध्यममा अन्तर्वार्ता दिने क्रममा नेपाली रेडियो नेटवर्कसँग उहाँले भन्नुभयो, “एक्सन गरेपछि रियाक्सन पनि हुन्छ ।”

तत्कालिन एमालेका अध्यक्ष ओलीको अपिलका आधारमा अहिलेको नेकपालाई विशाल जनमत प्राप्त भएको भन्दै उहाँले ओलीले गल्ती गरेको भए कारबाही पनि जनताले नै गर्ने तर्क गर्नु भयो ।

“जनमत जनताले दिने, कारबाही चाहिं कुनै कुनैमा लुकेर बसेका अरु कसैले गर्न मिल्दैन, कारबाही गर्नु परे जनताले नै गर्छन,” बास्कोटाले भन्नुभयो ।

जनमत एउटाको नाममा आउने, शासन गर्ने लोभ अर्काले गर्ने कुरा मान्य नहुने उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीले मधेशवादी दलहरुलाई फुटाउन अध्यादेश ल्याएको आरोपको खण्डन गर्दै उहाँले भन्नुभयो, “नेकपालाई अहिले परालको त्यान्द्रो चाहिदैन ।”

अपहरणको विषयलाई पनि उहाँले अस्विकार गर्दै आफै आउने अनि अपहरण भयो भन्न नमिल्ने तर्क गर्नुभयो ।

प्रधानमन्त्री ओलीलाई नश्लीय राजनीति गरेको आरोप लगाएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टाराईलाई पनि उहाँले नश्लीय राजनीति सवैभन्दा बढी भट्टराईले नै गरेको आरोप लगाउनु भयो ।

जातियत, क्षेत्रीयतको राजनीति सवैभन्दा बढी भट्टराईले नै गरेकाले अरुलाई नश्लीय राजनीति गरेको आरोप लगाउन नसुहाउने बास्कोटाको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...