ओलीलाई जवरजस्ती हटाइए भयंकर दुर्घटना : पुर्वमन्त्री बास्कोटा



हाम्रो इकोनोमि

 

नेकपाका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई हटाएमा पार्टी र मुलुकले ठूलो क्षती बेहोर्नु पर्ने चेतावनी दिनुभएको छ ।

ओलीको सहमती विना सरकार परिवर्तनको संभावना नरहेको दावी गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई जवरजस्ती हटाइएमा भयंकर दुर्घटना हुने उल्लेख गर्नुभयो ।

सञ्चार माध्यममा अन्तर्वार्ता दिने क्रममा नेपाली रेडियो नेटवर्कसँग उहाँले भन्नुभयो, “एक्सन गरेपछि रियाक्सन पनि हुन्छ ।”

तत्कालिन एमालेका अध्यक्ष ओलीको अपिलका आधारमा अहिलेको नेकपालाई विशाल जनमत प्राप्त भएको भन्दै उहाँले ओलीले गल्ती गरेको भए कारबाही पनि जनताले नै गर्ने तर्क गर्नु भयो ।

“जनमत जनताले दिने, कारबाही चाहिं कुनै कुनैमा लुकेर बसेका अरु कसैले गर्न मिल्दैन, कारबाही गर्नु परे जनताले नै गर्छन,” बास्कोटाले भन्नुभयो ।

जनमत एउटाको नाममा आउने, शासन गर्ने लोभ अर्काले गर्ने कुरा मान्य नहुने उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीले मधेशवादी दलहरुलाई फुटाउन अध्यादेश ल्याएको आरोपको खण्डन गर्दै उहाँले भन्नुभयो, “नेकपालाई अहिले परालको त्यान्द्रो चाहिदैन ।”

अपहरणको विषयलाई पनि उहाँले अस्विकार गर्दै आफै आउने अनि अपहरण भयो भन्न नमिल्ने तर्क गर्नुभयो ।

प्रधानमन्त्री ओलीलाई नश्लीय राजनीति गरेको आरोप लगाएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टाराईलाई पनि उहाँले नश्लीय राजनीति सवैभन्दा बढी भट्टराईले नै गरेको आरोप लगाउनु भयो ।

जातियत, क्षेत्रीयतको राजनीति सवैभन्दा बढी भट्टराईले नै गरेकाले अरुलाई नश्लीय राजनीति गरेको आरोप लगाउन नसुहाउने बास्कोटाको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...