ओली बैठकबाट भाग्न खोजे समस्या आउँछन् : नेता खनाल



हाम्रो इकोनोमि

 

बैठक माग गर्दै २० जना नेताले लिखित पत्र बुझाउनुभएको थियो, सचिवालय र स्थायी समिति बैठक तय भयो कि भएको छैन ? 

अहिलेसम्म मिति तय भइसकेको छैन ।

किन हुन सकिरहेको छैन त ? 

हाम्रो बैठक कि दुई अध्यक्षले बोलाउनुपर्छ, कि सम्बन्धित कमिटीका एकतिहाइ सदस्यले बैठकको माग गर्नुपर्छ र विधानबमोजिम बैठक बोलाउनुपर्छ । अहिले स्थायी समितिको एकतिहाइ सदस्यले बैठकको माग गर्नुभएको छ । त्यसकारण विधानसम्मत ढंगले बैठक अविलम्ब बोलाउनुपर्ने आवश्यकता छ ।

दुई अध्यादेशबारे सचिवालयमै विवाद भएको थियो, पछिल्लोपटक त्यही प्रसंगलाई समेत लिएर लिखित रूपमै माग हुँदा पनि किन सम्बोधन हुन सकेन?

यही त अनौठो, आश्चर्यजनक छ । पार्टी कमिटीका बैठकहरू नियमित रूपमा आयोजना गर्‍यो भने पार्टीमा समस्या हुँदैन । तर, बैठकलाई एभोइड गर्न खोज्यो, बैठकबाट भाग्न खोजियो भने समस्याहरू आउँछन् ।

बैठककै सन्दर्भमा नेताहरूबीचको शनिबार भएको संवादका क्रममा प्रधानमन्त्रीले रुचि नदेखाउँदा उपाध्यक्ष वामदेव गौतमले बैठक छल्ने हो भने बरु राजीनामा दिएर आराम गर्नुस् भनेकोसम्मका कुरा बाहिर आयो, के त्यस्तै परिस्थिति आइसकेको हो ?

त्यसबारे मलाई केही पनि थाहा छैन र मेरो कुनै टिप्पणी पनि छैन ।

त्यसो भए उपाध्यक्ष गौतमले किन वक्तव्य निकाल्नुभयो त ?

मैले त्यो वक्तव्य हेरेकै छैन, हेरेपछि मात्र कुरा गरौँला ।

यदि माग भएअनुसार अविलम्ब बैठक डाकिएन भने के हुन्छ ?

परिस्थिति अलि जटिल हुन्छ, त्यसले उहाँलाई हित गर्दैन ।

परिस्थिति जटिल हुन्छ भन्नुको मतलब तपाईंहरूको भैँसेपाटी बैठकले प्रधानमन्त्री सरकार र पार्टी दुवैको नेतृत्वमा असफल भएको निष्कर्ष निकालेजस्तै विकल्प खोज्नुपर्ने हुन्छ भन्न खोज्नुभएको हो ?

अब त्यसबारे हामीले पार्टी कमिटीभित्रै छलफल गर्नुपर्छ । पार्टी कमिटीले समीक्षा र मूल्यांकन गरेर निष्कर्षमा पुग्नुपर्छ भन्ने मलाई लाग्छ ।

व्यक्तिगत रूपमा के गर्दा उपयुक्त हुन्छ भन्ने लाग्छ त ?

मेरो व्यक्तिगत कुरा अहिले भन्न मिल्दैन, पार्टी कमिटी बैठकमा भन्छु ।

त्यसो भए भैँसेपाटीको तपाईंहरूको पछिल्लो समझदारी के हो ?

पछिल्लो समझदारी केही पनि भएको छैन । बैठक चाँडो गर्नुपर्छ भन्ने माग छ, तर बैठक भएको छैन, स्थिति यही हो ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...