हावाहुरी र असिना पीडित गरिब किसानलाई राहत दिन प्रभु साहको माग



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले भिषण हावाहुरी र असिना पानीले पीडित गरिब, किसान परिवारलाई राहत एवं क्षतिपुर्ति उपलब्ध गराउँन सरकारसग माग गरेका छन् ।
कोरोना भाइरसको सन्त्रास र जारी लकडाउका कारण पीडितलाई निरन्तरको हावाहुरी, असिना पानीले झनझन पीडित बनाएको छ । हिजो साझ आएको हावाहुरी तथा असिना पानीले रौतहट, बारा, पर्सा लगायतका ठाउँमा किसानको मकैबालीका साथै आँप, लिचिमा क्षति पुगेको छ ।

असिना पानी तथा हावाहुरीले गरिव वर्गका मान्छेको घरको छानो उडाएको छ । कतिपय परिवार घरवार बिहिन भएका छन् । कोरोना भाइरसको सन्त्रास र लकडाउँनले पीडित परिवारलाई थप पिडा थपिएको भन्दै नेता साहले उनीहरुलाइ तत्काल क्षतिपुर्ति दिनुपर्ने माग गरेका हुन् ।

‘रौतहटमा असिनाले व्यापक ताण्डव मचाएकोछ । कोरोना महामारी संगै महिनौ लकडाउनबाट पीडÞितहरू लगातार भिषण हावाहुरी र असिना पानीले हैरान छन । आज साँझ रौतहट जिल्लाको मुख्यत कटहरिया र गुजÞरा नगरपालिकामा भयंकर असिनाले ठुलो क्षति पुर्याएको छ’ साहले लेखेका छन्, ‘यसले गरिबहरुको घरको छाना ध्वस्त पार्नुको साथै किसानको आप, लिचि र मकै बालीमा ठुलो क्षति पूर्याएकोछ । यस संकटपुर्ण अवस्थामा पीडितहरुलाई तुरन्त राहत एवं क्षतिपुर्तिको व्यवस्था गर्न सरकारसंग माग गर्दछु ।’

विगत एक हप्ता यता निरन्तर हावाहुरी, असिना पानी आईरहेको छ । गरिव, किसान, श्रमजिवि वर्गका परिवार त्यसबाट बढी पीडित भएका छन् । त्यस्ता परिवारलाई संघीय, प्रदेश वा स्थानीय मध्ये कुनै सरकारले राहत, क्षतिपुर्ती उपलब्ध गराएका छैन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...