हावाहुरी र असिना पीडित गरिब किसानलाई राहत दिन प्रभु साहको माग



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले भिषण हावाहुरी र असिना पानीले पीडित गरिब, किसान परिवारलाई राहत एवं क्षतिपुर्ति उपलब्ध गराउँन सरकारसग माग गरेका छन् ।
कोरोना भाइरसको सन्त्रास र जारी लकडाउका कारण पीडितलाई निरन्तरको हावाहुरी, असिना पानीले झनझन पीडित बनाएको छ । हिजो साझ आएको हावाहुरी तथा असिना पानीले रौतहट, बारा, पर्सा लगायतका ठाउँमा किसानको मकैबालीका साथै आँप, लिचिमा क्षति पुगेको छ ।

असिना पानी तथा हावाहुरीले गरिव वर्गका मान्छेको घरको छानो उडाएको छ । कतिपय परिवार घरवार बिहिन भएका छन् । कोरोना भाइरसको सन्त्रास र लकडाउँनले पीडित परिवारलाई थप पिडा थपिएको भन्दै नेता साहले उनीहरुलाइ तत्काल क्षतिपुर्ति दिनुपर्ने माग गरेका हुन् ।

‘रौतहटमा असिनाले व्यापक ताण्डव मचाएकोछ । कोरोना महामारी संगै महिनौ लकडाउनबाट पीडÞितहरू लगातार भिषण हावाहुरी र असिना पानीले हैरान छन । आज साँझ रौतहट जिल्लाको मुख्यत कटहरिया र गुजÞरा नगरपालिकामा भयंकर असिनाले ठुलो क्षति पुर्याएको छ’ साहले लेखेका छन्, ‘यसले गरिबहरुको घरको छाना ध्वस्त पार्नुको साथै किसानको आप, लिचि र मकै बालीमा ठुलो क्षति पूर्याएकोछ । यस संकटपुर्ण अवस्थामा पीडितहरुलाई तुरन्त राहत एवं क्षतिपुर्तिको व्यवस्था गर्न सरकारसंग माग गर्दछु ।’

विगत एक हप्ता यता निरन्तर हावाहुरी, असिना पानी आईरहेको छ । गरिव, किसान, श्रमजिवि वर्गका परिवार त्यसबाट बढी पीडित भएका छन् । त्यस्ता परिवारलाई संघीय, प्रदेश वा स्थानीय मध्ये कुनै सरकारले राहत, क्षतिपुर्ती उपलब्ध गराएका छैन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...