दाहाल – नेपाल एकजुट, वामदेव निवासमा नेकपा सचिवालयका ६ सदस्यको गोप्य भेला



 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका ६ सदस्यको भेलाले सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता गर्नुको विकल्प नभएको निश्कर्ष निकालेका छन् ।

विहिबार साँझ उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटी स्थित निवासमा भएको भेलाले सरकारले जारी गरेको दुवै अध्यादेश तत्काल फिर्ता गर्नुपर्ने निश्कर्ष निकालेको हो । सरकारले पार्टी विभाजन र संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश जारी गरेपछि नेकपामा विवाद चर्किएको छ ।

भेलामा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ सहभागी थिए । यो सचिवालयका दुई तिहाइ सदस्य हो । बैठकमा सचिवालय सदस्यहरु मध्ये ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ उपस्थित थिएनन् । दुबै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व मन्त्रीपरिषद्का सदस्य हुन् ।

अध्यादेश फिर्ता नगरिए तत्कालै स्थायी कमिटि सदस्य बोलाउने निर्णय पनि भएको एक सचिवालय सदस्यले बताए । ‘प्रधानमन्त्रीले अध्यादेश तुरुन्तै फिर्ता लिनुको विकल्प छैन भन्ने हाम्रो निष्कर्ष हो,’ ती सचिवायल सदस्यले नयाँ पेजसँग भने ।

बैठकमा अध्यक्ष ओली निकट मानिएका महासचिव पौडेल पनि गएपछि यसलाई अर्थपूर्ण रुपमा लिइएको छ । स्रोतका अनुसार बैठकमा अर्का सचिवालय सदस्य तथा गृहमन्त्री बादललाई पनि बोलाइएको थियो । तर मन्त्रीपरिषद्का सदस्य रहेको कारण बादल भेलामा गएनन् ।

गौतम निवासमा साँझ ५ बजेबाट सुरु भएको भेलामा नेताहरुले करिब तीन घन्टा अध्यादेश जारी भएपछिको अवस्थाको बारेमा छलफल गरेका थिए । गत पुस २३ गते पनि गौतम निवासमा नै ६ नेताहरुले यसैगरी छलफल गरेका थिए ।

भेलामा पार्टीका २० जना स्थायी समिति सदस्यहरुद्धारा माग गरिएको स्थायी कमिटि बैठकको बिषयमा पनि छलफल भएको थियो । स्थायी समितिको माग गर्नेहरूमा अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुषाल, बेदुराम भुषाल, भिमप्रसाद आचार्य, भीम रावल, मणि थापा, मातृका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलमणि पोखरेल, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेल छन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्