मधेस मामिलामा ओली रणनीति असफल भएकै हो त ?



हाम्रो इकोनोमि

 

केपी ओलीले सरकारमा आएदेखि नै मधेसका राजनीतिक दलहरुबीच फुट र विभाजन ल्याउने प्रयास गर्दै आएका थिए । सुरुमा समाजवादी पार्टीलाई सरकारमा ल्याएर राजपालाई बाहिरै राखे । सरकारमा मन्त्री बनेका इस्तियाक राईलाई उपेन्द्र यादवविरुद्ध प्रयोग गरे ।

अन्ततः समाजावदी पार्टीलाई सरकारबाट बाहिर पठाए । राजपासँग राष्ट्रियसभाको चुनावमा तालमेल गरे । प्रदेश २ र केन्द्र सरकारमा पनि राजपालाई ल्याउने र प्रादेशिक सरकार ढाल्ने प्रयास गरे । तर, ओलीले हालेको ‘घाँस’मा राजपाका नेताहरु बिकेनन् र सरकारमा गएनन् ।

केपी ओली प्रधानमन्त्री बन्दै गर्दा सरकारमा नगएको राजपाले समेत उनलाई नैतिक समर्थन गरेको थियो । बाबुराम–उपेन्द्र नेतृत्वको समाजवादी पार्टीलाई संविधान संशोधन गर्छु भन्दै ओलीले सरकारमा लगेका थिए । उनीहरुकै समर्थनबाट ओलीले दुई तिहाई बहुमतको तागत बटुलेका थिए ।

तर, सरकारमा आएका र नआएका दुवै दलले आफूमाथि गरेको समर्थन प्रधानमन्त्री ओलीलाई पचेन । त्यसको मुख्य कारण नै के थियो भने ती दलहरु फुटाउन उनीबाट सुरुदेखि नै गरिएको चलखेल र षडयन्त्र ।

प्रधानमन्त्री ओली राजनेता हुन चाहन्थे भने उनले साना दलहरुलाई फुटाउने अध्यादेश ल्याउनुको साटो तिमीहरु नफुट, मिलेर राष्ट्र निर्माणको यात्रामा लागौं भन्न सक्नुपथ्र्यो । तर, उनी कालीदासको जस्तो उल्टोतिर बसेर रुखा काट्ने अभियानमा लागे । र, आज उनको मधेसको राजनीतिक शक्तिलाई फुटाउने कलुसित रणनीति छताछुल्ल हुन पुग्यो ।

मधेसकेन्द्रित दलहरुले गर्दै आएको संविधान संशोधनको मागलाई कार्पेटमुनि छोपेर उनीहरुलाई फुटाउने र एकाध सांसदलाई मन्त्री पद दिएर दुईतिहाईको शक्ति आर्जन गर्ने ओलीको सपना शायद अझै मुर्झाइसकेको छैन कि ?

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...