नेकपा सचिवालय : प्रधानमन्त्री ओलीका पक्षमा वामदेवसहित ६ जना



हाम्रो इकोनोमि

 

सत्तारुढ नेकपा सचिवालय बैठकमा ९ जना मध्ये ६ जना अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन् ।

बालुवाटारमा अहिले भरखरै सम्पन्न बैठकमा प्रधानमन्त्री ओलीले दल विभाजनलाई खुकुलो बनाउन मिल्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुको औचित्यबारे बोलेका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल र प्रवक्ता नारायकाजी श्रेष्ठले प्रधानमन्त्रीको कदमको विरोध जनाएको सहभागी स्रोतले खुलानेपाललाई जानकारी दियो ।

यसअघि दाहाल खेमामा उभिएका अर्का नेता वामदेव गौतम समेतले प्रधानमन्त्रीको पक्ष लिएका थिए ।

समर्थन गर्ने नेताहरुमा पूर्व प्रधानमन्त्री एवं बरिष्ठ नेता माधवकुमार नेपाल, नेता गौतम, उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा रहेको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीका सल्लाहकारले भने- ‘१०० कोष टाढाको

अनुमान नगरौं

आजको क्याबिनेट बैठकले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत बहुमत भएका दललाई छुट्टिने अधिकारसहित राजनीतिक दलसम्बन्धि अध्यादेश जारी गर्ने वित्तिकै विभिन्न अड्कालबाजीहरु भएका छन् ।

कतिले नेकपा फुट्न सक्ने लख काटे, कतिले मधेशकेन्द्रित दलतिर औंला सोझ्याएका छन् ।
आकस्मिक रुपमा अध्यादेश प्रस्ताव आएपछि अड्कल र अनुमान हुने नै भए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने अहिले देखिएका अनुमान सत्य भन्दा १०० कोष टाढा रहेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

अध्यादेशलगत्तै बसेको नेकपा सचिवालय बैठकको तस्बिर पोस्ट गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लेखेका छन्– ‘सामाजिक दुरी र कमरेडली हार्दिकताका साथ नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी । शंकामा लंका पुगेर बुज्रुक नबनिहाल्ने कि रु १०० कोष टाढा पनि नमिल्ने आफ्नै अनुमान र हनुमानकारिताको भारीले थिचिने गल्ती गरेर फगत अयोग्यता प्रदर्शनमा होडबाजी नगर्नु नै बुद्दिमत्तापूर्ण होला ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...