गुणस्तरहीन खाद्य सामग्री वितरण गर्नेलाई कारवाही गर्न प्रभु साहको माग



 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले राहतको नाममा गुणस्तरहीन खाद्यन्न सामग्री वितरण गर्नेलाई कारवाही गर्न सरकारसंग माग गरेका छन् ।

प्रतिनिधिसभा सदस्य तथा पुर्वमन्त्री समेत रहेका नेकपा प्रदेश अध्यक्ष साहले आज सामाजिक सञ्जाल फेसबुक पेज मार्फत कालोबजारी, महंगी एवं गुणस्तरहीन कामको अनुगमण तथा नियन्त्रण गर्ने निकाय नै त्यस्तो काम गरेपछि कानून अनुसार कडा कारवाही गर्न माग गरेका हुन् ।

केही समय अघि कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले आफ्नै यादव कोल्ड स्टोरबाट सडेको दाल राहतको नाममा नगरका गरिब, मजदुर, किसान, तथा अतिविपन्न परिवारलाई वितरण गरेका थिए ।

२ बैशाखमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेडौडाले कलैया उपमहानगरपालिकाद्धारा बितरण गरिएको राहतको नमुना परिक्षण गर्दा दाल सडेको गुणस्तरहीन भएको पुष्टि गरिसकेको छ ।

गुण नियन्त्रण कार्यालय हेटौडाका सोमकान्त रिजालले कलैया उपमहानगरपालिकाद्धारा वितरण गरिएको दाल सरकारले तोकेको अनिवार्य गुणस्तर अनुरुप नपाईएको बताए । त्यहाँ वितरण गरिएको दालको नमुना परिक्षण गर्दा गुणस्तरहीन भएको उनले बताए ।

कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास र लकडाउनको कारण गरिब, मजदुर, किसान तथा अतिविपन्न परिवारलाई खाद्यान्नको समस्याका छ । सोही कारण कलैया उपमहानगरपालिकाले आफ्नो २७ वटा वडामा राहत वितरण गरेको थियो ।
‘समस्या समाधानका साथै कालोबजारी, महंगी एवं गुणस्तरहीन समानको अनुगमण तथा नियन्त्रण गर्ने निकाय आफै अनियमितता गर्नु दुर्भाग्य हो’ साहले लेखेका छन्, ‘सडेको दाल खरिद, बिक्री र वितरण गर्ने मुख्य व्यक्तीलाई कारवाही नगरी कारवाहीको नाममा झाराटार्ने काम सम्बन्धित निकायले गर्नु दुखत छ ।’
सडेको दाल खरिद, बिक्री र वितरण गर्ने मुख्य दोषीलाई यथासिघ्र कारवाही गर्न सरकारसंग माग गर्दै उनले कालोबजारी गर्नेलाई सरकारले यथासिघ्र कारवाही गरेर सुशासन र पारदर्शिता कायम गर्न आवाज उठाएका छन् ।
जिल्ला प्रशासन कार्यालय बारा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सडेको दाल वितरणको बिषयमा धेरै कुरा गर्न नमिल्ने बताए । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेकाले प्रहरीसंग बुझदा नै राम्रो हुने उनले बताए ।
बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण पंगेनीले यादव कोल्ड स्टोरमा दाल स्टोर गरेका बीरगंजका व्यापारी तेजकरण जैनलाई पक्राउ गरी अनुसन्धान भईरहेको बताए । अहिले प्रहरी अनुसन्धानमै रहेको बताउँदै उनले सरोकारवाला अन्य व्यक्तिहरुसंग समेत व्यान लिने काम भईरहेको बताए ।
कलैया उपमहानगरपालिका स्रोतका अनुसार मेयर यादवले आफ्नै कोल्ड स्टोरबाट दाल वितरण गराउँदै त्यसको हिसावकिताव पछि मिलाउँने योजना बनाएका थिए । र सोही योजना अनुसार आफू निकटका वडा अध्यक्ष मार्फत सडेको दाल वितरण गराउँन थालेपछि सो दाल लिनेले फिर्ता गर्दै कारवाहीको माग उठाएका थिए ।
सो सम्बन्धनमा स्थानीयले प्रहरी, प्रशासन, उधोग बाणिज्य संघ, अख्तियार लगायतका निकायमा निबेदन दिएका छन् । बारा उधोग बाणिज्य संघका अनुसार सडेको दाल वितरण हुन थालेपछि अनुसन्धान गर्दै दोषीलाई कारवाहीको माग उठेको हो ।
नेकपा बाराका सदस्य मुकेश साहले राहतको नाममा सडेको दाल वितरण गरेको प्रमाणित हुदा समेत कारवाही प्रक्रिया अगाडी नबढेको बताए । झाराटार्ने हिसाबले कारवाही प्रक्रिया अगाडी बढेको बताउँदै उनले मुख्य दोषीलाई उन्मुक्ति दिने काम भईरहेको बताए ।
यहाँ राजस्व, अख्तियारले समेत राजस्व छली तथा अनियमितता एवं भ्रष्टाचारको बिषयमा छानविन गर्दै यी र यस्ता भ्रष्ट तथा कालोबजारी गर्ने जनप्रतिनिधि, व्यापारी र कर्मचारीहरुलाई समयमैं नियन्त्रण तथा कारवाही गर्नुपर्ने माग साहले गरेका छन् ।
उता कलैया उपमहानगरपालिकाका मेयर यादवले एक बिज्ञप्ती जारी गर्दै आफ्नो बचाउँ गरेका छन् । सडेको दाल वितरणमा आफ्नो संलग्नता नरहेको जनाउँदै उनले आफूलाई फसाउँने काम भईरहेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने

    रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण

प्रधानमन्त्रीद्वारा एसियाली जनसंख्या सम्मेलनको उद्घाटन

    आजदेखि काठमाडौंमा सुरु भएको छैटौं एसियाली जनसंख्या सम्मेलनको उद्घाटनमा फरक शैली

३८ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार

    बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले बढेर बन्द भएको छ

संविधान संशोधनमा कांग्रेस-एमालेबीच साझा धारणा बन्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत