लकडाउनमा पैदलयात्रीलाई सडकमै खाना



 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको कारण सहरबाट घर हिडेका पैदलयात्रीहरुको लागि पानस पार्टी प्यालेसले सडकमै खानाको व्यवस्था मिलाएको छ ।

बनेपाको चण्डेश्वरीमा रहेको पानस पार्टी प्यालेसले प्याकेटमा तयारी खाना र मिनरल वाटर एक बोतल उपलब्ध गराएको छ । प्रहरीले लगातार सडकमा हिड्ने ब्यक्तिहरुलाई पक्राउ गर्ने गरे पनि राजधानीबाट विभिन्न स्थानमा पुग्ने गरी यात्रुहरु हिडिरहेका छन् भने केही यात्रुहरुले सडकमै रात बिताउने गरेका छन् ।

काभ्रे उद्योग बाणिज्य संघको समन्वयमा पानस पार्टी प्यालेस चण्डेश्वरी ५ का सुर्य श्रेष्ठ, बिमल सोनाम, विकास श्रेष्ठ, इन्द्र श्रेष्ठ, नवीन वैद्य, निरन्जन तिमल्सिना, दिपक दाहाल, दिनेश दाहाल, अरुण थापा लगायतको सहयोगमा निःशुल्क खाना तथा खानेपानी वितरण गरिएको पार्टीप्यालेसका प्रोपाईटर सुर्य श्रेष्ठले जानकारी दिए ।

उक्त कार्यक्रमले पैदलयात्री, मजदुर, सडक बालबालिका, विपन्न परिवारका सदस्यहरुलाई सहयोग पुगेको छ । अभियानको शुभारम्भमा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, जिल्ला अध्यक्ष प्रकाश मानन्धर, महासचिव कैलाश पलाञ्चोके, नगरपालिका प्रतिनिधि जुजुभाई शुद्धाकार लगायतको सहभागिता रहेको थियो ।

दैनीक ५ सय भन्दा धेरै ब्यक्तिहरुका लागि खाना तयार गरिएको प्रोपाईटर सुर्य श्रेष्ठले बताएका छन् । तयारी प्याकेटमा खाना, आलु काउली र राजमाको अलग अलग तरकारी, अचार र सलाद राखिएको छ ।

चैत्र ३० गते बनेपा र आसपासका क्षेत्रमा पैदलयात्री लगायतलाई उक्त खाना निरन्तर उपलब्ध गराएको उक्त टोलीले २०७७ बैशाख ५ गते शुक्रबारबाट पुनः शुरु गरेको छ । हासम्म झण्डै २ हजार प्याकेट खाना खुवाएको श्रेष्ठले बताए ।

केही दिन अगाडीसम्म धुलिखेलमा पैदल यात्रुका लागि जुत्ता र खाजाको व्यवस्था गरेको थियो । सरकारले लकडाउँनको म्याद थप गरेसँगै जिल्ला भित्र पैदल यात्रुलाई भक्तपुर र काभ्रेको सिमाना साँगामा रोकेपछि उनीहरूलो सडकमा खाजा र जुत्ताको व्यवस्था हटाईएको छ । त्यसरीनै काभ्रे भञ्ज्याङमा पनि पैदल यात्रुहरूका लागि जुत्ता र खाजा पानी को व्यवस्था गरीएको छ ।

त्यसै गरी यात्रा गरिरहेकाहरूलाई कांग्रेसको विद्यार्थी संगठन नेविसंघले पनि खाना खुवाइरहेको छ ।

नेविसंघले रकम जम्मा गरेर पैदलयात्रीलाई खाना खुवाइरहेका हो । ‘३ दिनदेखि दैनिक २ सय २० जनासम्मले खाना खाइरहनुभएको छ,’ नेविसंघ काभ्रेका अध्यक्ष नृपेश वादेले भने, ‘बनेपामा खान छुट्नेलाई राजमार्गमा खोजेर पनि खाना खुवाएका छौं, यो क्रमलाई निरन्तरता दिन्छौं ।’

धुलिखेलमा नेपाल यातायात मजदुर संगठन धुलिखेल रुट इकाईले पनि केही दिनदेखि पैदलयात्रीलाई खाना खुवाइरहेको छ । ‘करिब २ सय भन्दा माथिलाई खाना खुवायौं,’ रुट इकाई अध्यक्ष अर्जुन लामाले भने, ‘चाउचाउ, बिस्कुट, पानी पनि वितरण गरिरहेका छौं, केही दिन अझै निरन्तरता दिन्छा ैं।’ नमोबुद्ध नगरपालिकास्थित भकुण्डेवेशीमा स्थानीय व्यापारीहरूले सहयोग जुटाएर ६ दिनदेखि टाढा–टाढा जाने पैदलयात्रीलाई जुस, पानी, बिस्कुट, चाउचाउ वितरण गर्दै आएका छन् । त्यसरी खाद्य र खाजा करिब ६ सय जनालाई वितरण गरिएको व्यापारी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

बीपी राजमार्ग अन्तर्गत धुलिखेल–९ काभ्रेभञ्ज्याङमा स्थानीय युवाले पैदययात्रीलाई जुत्ताचप्पलसहित खानेकुरा, पानी, औषधि उपलब्ध गराएका थिए । टाढा जाने यात्रुलाई थोरै राहत होस् भनेर उद्देश्य रहेको स्थानीय बलराम सिग्देलले जानकारी दिए ।

यसैबीच, रोशी गाउँपालिकाले पनि बीपी राजमार्ग हुँदै तराईका जिल्ला जाने पैदलयात्रीलाई खाजा र पानी उपलब्ध गराएको अध्यक्ष दलबहादुर (डिबी) लामाले जानकारी दिए । ‘सुरुमा अलपत्र असहायहरूलाई आफ्नो सीमासम्म सवारी साधनमा पुर्याउने व्यवस्था पनि गरेका थियौं,’ लामाले भने, ‘अध्यक्षले लकडाउन उल्लघंन गरेको भन्दै आलोचना गरेपछि त्यो क्रम रोकियो । अहिले खाजा, पानी भने उपलब्ध गराएका छौं ।’

यात्रुलाई उद्धार

सहरबाट घर हिडेका पैदल यात्रुहरूलाई नमोबुद्ध नगरपालिका वडा नं. ६ का युवाहरू मिलेर मिनीट्रकमा गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाएको छ ।

तीन दिनदेखि उनीहरूले पैदल यात्रीहरूलाई जिल्लाको सिमाना नेपालथोकसम्म पु¥याउने व्यवस्था गरेको नवराज रेग्मीले जानकारी दिएका छन् ।
सहरबाट विभिन्न स्थानका लागि हिडेका यात्रुहरूलाई भकुण्डेदेखि नेपालथोकसम्म पु¥याईरहेको रेग्मीले जानकारी दिए ।

नवराज रेग्मी, राजकुमार रेग्मी, सुजन भण्डारी, सुजन न्यौपाने र पुष्कर न्यौपाने लगायतको युवाहरू मिली यात्रुहरूलाई जिल्लाको सिमाना नेपालथोकसम्म पु¥याएको रेग्मीले जानकारी दिएका छन् ।

सडकमा हिडेको यात्रुहरूको अवस्था देखेर मन थाम्न नसरी उद्धारमा लागेको नवराज रेग्मीले जानकारी दिए । हालसम्म ४ सय जना भन्दा बढीलाई उद्धार गरेको उनले बताए ।

यस भन्दा पहिले रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले यात्रुलाई आफैले गाडी चलाई उद्धार गरेको थियो । केही व्यक्तिहरूले गाउँपालिकाको अध्यक्षले नै लकडाउँन तोड्यो भनेर आरोप लागाएका पनि थिए ।

जिल्ला प्रशासन कार्यालयले पनि यात्रुलाई गाडी चढाई नलान अनुरोध गरेपछि त्यो काम छोडेको अध्यक्ष लामाले बताए । यात्रुको दयनीय अवस्था देखेर उद्धार गरेपनि प्रशासनले रोक लगाएपछि आफुले छोडेको उनले बताए । हाल यात्रुलाई चाउचाउ र पानी दिएर सहयोग गरीरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने

    रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण

प्रधानमन्त्रीद्वारा एसियाली जनसंख्या सम्मेलनको उद्घाटन

    आजदेखि काठमाडौंमा सुरु भएको छैटौं एसियाली जनसंख्या सम्मेलनको उद्घाटनमा फरक शैली

३८ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार

    बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले बढेर बन्द भएको छ

संविधान संशोधनमा कांग्रेस-एमालेबीच साझा धारणा बन्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत