राप्ती २ मा ज्याला मजदुरी गरिखाने परिवारलाई राहत वितरण



हाम्रो इकोनोमि

 

राप्ती नगरपालिका वडा नं २ का कोरोना भाइरस प्रभावित अति विपन्न तथा दैनिक ज्याला मजदुरी गरिखाने परिवारलाई राहत वितरण गरिएको छ । बुधबार वडाका ५ सय ७७ अति विपन्न परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष श्यामसुन्दर उप्रेतीले जानकारि दिनुभयो । नगरपालिकाको कार्यविधि अनुसार ४ जनासम्मको परिवारलाई १० केजि चामल र सोभन्दा बढी भएकालाई १५ केजिका दरले चामल दिइएको उनले बताए । यसबाहेक हरेक परिवारलाई २ केजी दाल, १ लिटर तेल,१ पोका नुन तथा २ वटा साबुन वितरण गरिएको छ । वडाका अति बिपन्न परिवारको तथ्याङ्क विभिन्न टोल विकास संस्था, जनप्रतिनिधि तथा सामाजिक व्यक्तिहरुको अगुवाइमा तयार गरिएको अध्यक्ष उप्रेतीले बताए । उनले राहत आवश्यक अति बिपन्न कुनै परिवार छुट्न गएमा तत्काल जानकारि गराउन समेत सबैलाई आग्रह गरेका छन ।

राहत वितरण विभिन्न टोलसुधार समिति मार्फत गरिएको थियो । अध्यक्ष उप्रेतीले विपन्न पहिचान तथा राहत वितरणमा सहयोग पुर्याउने विभिन्न राजनीतिक दल, सामाजिक व्यक्तिहरुलाई धन्यवाद दिए । अति सरल तरिका बाट राहत वितरण गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो। राहत बितरण कार्यको अध्यक्ष उप्रेती स्वयम् आफै उपस्थित भएर विभिन्न टोलमा निरीक्षण गर्नुभएको थियो भने वडाको राहत वितरण समिति आफै खटिएको थियो ।

 

सामाजिक काममा क्रियाशिल अध्यक्ष उप्रेतीको पहलमा राप्ती २ ले यसअघि कोरोना भाइरस बाट सुरक्षित रहन वडाका विभिन्न स्थानमा हातधुने व्यवस्था समेत गरेको थियो। त्यसबाहेक विभिन्न जनचेतनामूलक कार्यक्रम, डिसइन्फेक्सन छर्ने लगायत काम गरेको थियो भने आज हरेक टोल टोलमा फेरि औसधि छर्ने काम पनि पुन सुरुगरिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...