कलैयामा युवाहरुको सहयोगी टिम : संयोजकमा मुकेश साह



 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरसको संक्रमण बिरुद्ध बिश्व समुदाय जुद्धिरहेको छ । महामारीका कारण बिभिन्न समस्यामा परेकालाई सहयोग गर्ने उदेश्यले बाराको कलैयामा सहयोगी टिमको घोषणा भएको छ ।

समाजसेवी एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाराका युवा नेता मुकेश साहको नेतृत्वमा सहयोगी टिमको घोषणा गरिएको छ ।

बिपन्न परिवार, दैनिक ज्यालादारी गरी परिवार पाल्ने परिवार, स्वास्थ्य उपचारमा सहयोग तथा घर फर्किन खोज्नेलाई सहयोगी टिमले सहयोग गर्ने संयोजक साहले बताए । नेपाल सरकारले लकडाउनको घोषणा गरेपछि बिभिन्न व्यक्तिलाई बिभिन्न किसिमको सहयोगको आवश्यक्ता रहेकाले त्यस्ता परिवारलाई सहयोग गरिने उनले बताए ।

अहिलेको यस परिस्थितिमा संघीय सरकार, प्रदेश सरकारका साथै स्थानीय सरकारले समेत पारदर्शी रुपमा सहयोग गर्नुपर्ने बताउँदै उनले सबैले मिलेर महामारीको बिरुद्धमा लडनुपर्ने आवश्यक्ता रहेको बताए ।

साहको संयोजकत्वमा गठन भएको सहयोगी टिममा रमेश साह, संदिप यादव, प्रभु यादव पुरुषोतम साह, राजमहम्मद राय, अबिद हुसैन, राजेश्वर प्रसाद कुश्वाहा, अनिल कुश्वाहा, डा.सुशील साह, अशोक तिवारी, डा.मोस्तकिम मंसुर, मनिफ मिया अंसारी, अजय साह, सावित्री शर्मा, राज खान, बिनोद गुप्ता, इ.अजित कर्ण सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख