मन्त्री लामाले एक महिनाकोे सेवा सुविधा कोरोना राहत कोषलाई सहयोग गर्ने
बागमती प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले एक महिनाकोे सेवा सुविधा नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । सरकारबाट आफुले पाउने एक महिनाको रकम जति हुन्छ त्यो सबै उत्त कोषमा जम्मा गरिदिने वहाँले वताउनु भएको छ ।
त्यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री र अन्य मन्त्रीले पनि एक महिनाकोे सेवा सुविधा नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषलाई सहयोग गर्ने घोषणा गरेको छ ।


