लकडाउन दुई हप्ता लम्बिने, सरकारले आजै निर्णय गर्ने
सरकारले देशव्यापी ‘लकडाउन’लाई लम्ब्याउने भएको छ । ‘लकडाउन’लाई लम्ब्याउने सम्बन्धी औपचारिक निर्णय गर्न आज ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । थप दुई हप्ता ‘लकडाउन’ लम्बिने स्रोतले बताएको छ । यसअघि सरकारले चैत १८ गतेसम्मलाई लकडाउनको निर्णय गरेको थियो । आजको मन्त्रिपरिषद् बैठकमा राहत प्याकेजका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक अहिले सिंहदरबारमा जारी छ । यसलगत्तै मन्त्रिपरिषद् बैठक हुनेछ ।


