कोरोना संक्रमणले स्पेनकी राजकुमारीको निधन



हाम्रो इकोनोमि

 

कोरोनाभाइरस संक्रमणका कारण स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाई राजकुमार सिक्स्टस हेनरीले गरेको खबर द सनले लेखेको छ ।

कोरोनाभाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् ।

यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ ।

कोरोना संक्रमणबाट स्पेनमा गत २४ घण्टाभित्र ८ सय ४४ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार २ सय ५ जना संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...