आक्रमक कारबाही बन्द गरेको विप्लवको घोषणा



हाम्रो इकोनोमि

 

विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी भन्ने विप्लव समूहले आफ्ना कारबाहीहरु बन्द गरेको जनाएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दै ‘आक्रामक कारबाही’ बन्द गरिएको जनाएका हुन् ।

विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कारोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरु बन्द गरिएको जानकारी आम जनसमुदायमा अवगत गराउँछौं ।’

विप्लवले यो बेला देशका सबै चिकित्सक एवं स्वास्थ्य कार्यकर्तालाई जनताको सेवामा लाग्न पनि अपिल गरेका छन् । उनले भनेका छन्, ‘तत्काल पार्टी कार्यकर्ता तथा जनसेनालाई आफू सचेत बन्दै आमजनतालाई कारोनाविरुद्ध जागरुक हुन निर्देशन गर्दछ ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...