कोरोनाविरुद्ध लड्न प्रचण्डको आग्रह



हाम्रो इकोनोमि

 

सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सबैमा आग्रह गरेका छन् ।

प्रचण्डले आइतबार विज्ञप्ति जारी गरी विश्वव्यापी महामारीका रूपमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र जनसमुदायलाई अपिल गरेका हुन् ।

केही दिनयता भेटघाट सीमित गरी घरभित्रै बसिरहेका उनले आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने गरी पहल बढाउन सरकारलाई आग्रह गरेका छन् । ‘राष्ट्रिय एकता र उच्च मनोबलका साथ महामारीको सामना गर्नुपर्छ,’ प्रचण्डले विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...