प्रचण्ड निवासमा राजनीतिक भेटघाट बन्द
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट बन्द गरेका छन् । कोरोना भाइरसका कारण प्रचण्डले राजनीतिक भेटघाट बन्द गरेको छोरी गंगा दाहालले बताएकि छिन् ।
कोरोना भाइरस नेपालमा फैलिन नदिन सरकारले हाई अलट गरेको छ । ५५ देशबाट नेपाल आउन बन्द गरेको छ भने अतिआबश्यक कामभन्दा बाहेक अन्य अबस्थामा बाहिर ननिस्किन सरकारले उर्दी जारी गरेको छ ।
यस्तो बेला प्रचण्डले निवासमा राजनीतिक भेटघाट बन्द गरेका छन् । प्रचण्ड निवास खुमलटारमा दैनिक ठुलो संख्यामा नेता कार्यकर्ता भेटघाटका लागि आउने गर्दथे । अति आवश्यक बाहेका सवै भेटघाट कार्यक्रम बन्द गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
बुधवार बसेको नेकपा सचिवालय बैठकले कोरोना बारे सजग रहन देशबासीलाई आग्रह गरेको थियो भने नाका बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो ।


