ह्वात्तै घट्यो सुनचाँदीको भाउ
मंगलबार सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार सुन प्रति तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला ७५ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रति तोलमा ५ सय रुपैयँले बढेर ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार तेजाबी सुन प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासँघले जनाएको छ ।
त्यस्तै यस दिन चाँदीको पनि भाउ घटेको छ ।
मंगलबार चाँदी प्रति तोलामा ८० रुपैयाँले घटेर प्रति तोला ७ सय १० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर सोमबार चाँदी तोला ७९० रुपैयाँमा कारोबार भएको थियो ।


