कैलाली कञ्चनपुरका वैज्ञानिक वनको संसदीय समितिद्धारा अनुगमन



हाम्रो इकोनोमि

 

सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्रकाकृतिक श्रोत समितिले वैज्ञानिक वनको अनुगमन गरेको छ । समितिका सभापति हर्कबहादुर कुँवर (गोविन्द)को नेतृत्वमा रहेको संसदीय समितिले कैलाली कञ्चनपुरमा बनिरहेका वनको अनुगमन गरेको हो ।

शनिबार देखि समितिले रानिफाँटा सामुदायिक वन, जनजागृत सामुदायिक वन, रानीजरुवा सामुदायिक वन, दानुवाफाटा र चुरेका  सिद्ध बासघरी सामुदायिक वन लगाएतका सामुदायिक वनको वैज्ञानिक वन व्यवस्थापनबारे जानकारी लिएको हो ।

पूर्व सामाजिक विकास मन्त्री समेत रहेको समितिका सदस्य दीर्घबहादुर सोडारी, प्रतिपक्षि दल राजपाका प्रदेशसभा सदस्य कृष्ण चौधरी, प्रेमप्रकाश भट्ट, पुर्णा जोशी प्रतिपक्षिदल नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य अम्बी थापा, प्रदेश सभा सदस्य अम्मर साउँद, प्रदेश सभा सदस्य महेशदत्त जोशी, क्षेत्रीय वन निर्देशक हेमराज विष्ट, पहलमानपुर वन डिभिजनका प्रमुख कृष्ण भट्ट, धनगढी डिभिजनका प्रमुख रामचन्द्र कडेल तथा पत्रकारहरुले संयुक्त अनुगमन गरेका हुन ।

अनुगमनका क्रममा समितिले सामुदायिक वनका पदाधिकारीहरुसंग अन्र्तक्रिया तथा छलफल गरेको छ । समितिले अनगुमन पश्चात समितिले प्रतिवेदन सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...