जनार्दन शर्माले भने प्रदेश भंग गरौं



हाम्रो इकोनोमि

 

पूर्वगृहमन्त्री एवम् नेकपा सांसद जनार्दन शर्मा (प्रभाकर)ले संघीयता कार्यान्वयनमा इमान्दार प्रयास नभएको बताएका छन् । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिप्रति केन्द्रबाट अविश्वासपूर्ण व्यवहार भएको भन्दै उनले आक्रोश पोखे ।

राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा आक्रोशित हुँदै शर्माले संघीयता कार्यान्वयनको बाटो नखोल्ने हो भने प्रदेश र स्थानीय तह भंग गरिदिए हुने बताए ।

उनले भने, ‘हामी यहाँ प्रतिनिधि छौं भने तलका प्रतिनिधि जनताबाट निर्वाचित होइनन् ? तिनमा जनताको विश्वास छैन ? तिनीहरु राष्ट्रप्रति इमान्दार छैनन् ? हामीमात्र इमान्दार छौं ? त्यसो भए संघमात्र राखौं न त किन चाहियो तल (प्रदेश र स्थानीय तह) । सबै भंग गर्दिऔं ।’

बैठकमा संघीय निजामती सेवा विधेयकका टुंगिन बाँकी विषयमा छलफल भएको थियो । प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघको हुने कि प्रदेशको भन्ने विषयमा छलफल भए पनि टुंगो नलागेपछि समितिको बैठक यही चैत पाँच गतेसम्मका लागि स्थगित गरिएको छ ।

समिति सचिवालयले प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सम्बन्धित तहको हुने गरी प्रस्ताव तयार पारेको छ । सांसदहरुबीच मत बाझिएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठीले यो विषयमा आफूले राजनीतिक तहमा पनि छलफल गरिरहेको जानकारी गराउँदै थप समय मागेका छन् ।

छलफलमा भाग लिँदै नेकपा सांसद शर्माले प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सम्बन्धित तहकै हुनुपर्ने भन्दै समितिले ल्याएको प्रस्तावको समर्थन गरे । उनले यो प्रस्तावको विरोध गर्नेहरु संघीयता कार्यान्वयनमा इमान्दार नभएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...