सातै प्रदेशकै मुख्यमन्त्री काठमाडौंमा



हाम्रो इकोनोमि

 

कोरोना भाइरस रोकथामका बिषयमा सामान धारणा र योजना बनाउन सात प्रदेशकै मुख्यमन्त्री र सामाजिक विकासमन्त्री राजधानी काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सात प्रदेशका मुख्यमन्त्री र स्वास्थको जिम्मा लिएका सामाजिक विकासमन्त्रीलाई काठमाडौं बोलाइएको हो ।

‘कोरोना भाइरस रोकथामका लागि छलफल गर्न मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीलाई राजधानी बोलाएका छौ’ स्वास्थ्यमन्त्री ढकालले भने ‘एकीकृत कार्यक्रम बनाउन आज प्रधानमन्त्री कार्यालयमा छलफल गर्दैछौ ।’ दिउँसो १ बजे सिंहदरवारमा छलफल हुने भएको छ ।

सरकारले आन्तरिक तयार केही हदसम्म गरेपनि संक्रमित देशबाट आवत जावतको सीमा भने रोकेको छैन । उच्च संक्रमण भएको मुलुकबाट मानिसहरु आइरहेका छन् । केही उडानहरु कम गरेपनि विमान सेवा रद्द गरेको छैन । नेपालमा कोरोना भाइरसको रोकथामका लागि संघीय सरकारकै नीति अनुरुप प्रदेश सरकारले योजना बनाएका छन् । प्रदेशका लागि आवश्यक पर्ने बजेट पनि दिन सरकार तयार रहेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...