प्रधानमन्त्री ओली प्रचण्डबीच आधा घण्टा कुराकानी



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार विहान भेट गरेका छन् ।

दोस्रो पटक मृगौला प्रत्यारोपण गरेर शुक्रबार (३० चैत्र) शिक्षण अस्पतालबाट डिस्चार्ज भएका ओलीलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच करिव आधा घण्टा कुराकानी भएको थियो । मृगौला प्रत्यारोपणका लागि ओली १९ फागुनमा महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका थिए । २१ फागुनमा उनको मृगौला प्रत्यारोपण गरिएको थियो ।

ओली अस्पताल भर्ना हुनुअघि नेकपाभित्रको विवाद उत्कर्षमा थियो । वामदेव गौतमलाई कि युवराज खतिवडालाई राष्ट्रिय सभामा पठाउने भन्ने विषयमा नेकपा नेताहरु विभाजित भएका थिए ।

१५ फागुनमा भएको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेकामा प्रधानमन्त्री ओली असहमत थिए । अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभामा पठाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।

सचिवालयले सर्वसम्मत निर्णय गरे पनि ओलीले त्यसलाई कार्यान्वयन गरेका छैनन्, जसले गर्दा नेकपाभित्र यस सम्बन्धी विवाद यथावत छ । पार्टी निर्णय नभएपनि २१ फागुनमा खतिवडा अर्थमन्त्रीमा पुन नियुक्त भइसकेका छन् ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार, भेटमा मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै शीघ्र स्थास्थ्यलाभको कामना गरेका थिए । यसैगरी समसामयिक राजनीतिक गतिविधिका बारेमा जानकारी पनि गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...