प्रधानमन्त्री ओली प्रचण्डबीच आधा घण्टा कुराकानी



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार विहान भेट गरेका छन् ।

दोस्रो पटक मृगौला प्रत्यारोपण गरेर शुक्रबार (३० चैत्र) शिक्षण अस्पतालबाट डिस्चार्ज भएका ओलीलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच करिव आधा घण्टा कुराकानी भएको थियो । मृगौला प्रत्यारोपणका लागि ओली १९ फागुनमा महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका थिए । २१ फागुनमा उनको मृगौला प्रत्यारोपण गरिएको थियो ।

ओली अस्पताल भर्ना हुनुअघि नेकपाभित्रको विवाद उत्कर्षमा थियो । वामदेव गौतमलाई कि युवराज खतिवडालाई राष्ट्रिय सभामा पठाउने भन्ने विषयमा नेकपा नेताहरु विभाजित भएका थिए ।

१५ फागुनमा भएको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेकामा प्रधानमन्त्री ओली असहमत थिए । अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभामा पठाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।

सचिवालयले सर्वसम्मत निर्णय गरे पनि ओलीले त्यसलाई कार्यान्वयन गरेका छैनन्, जसले गर्दा नेकपाभित्र यस सम्बन्धी विवाद यथावत छ । पार्टी निर्णय नभएपनि २१ फागुनमा खतिवडा अर्थमन्त्रीमा पुन नियुक्त भइसकेका छन् ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार, भेटमा मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै शीघ्र स्थास्थ्यलाभको कामना गरेका थिए । यसैगरी समसामयिक राजनीतिक गतिविधिका बारेमा जानकारी पनि गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...