प्रधानमन्त्री ओलीलाई ज्वरो, अस्पताल बसाइ लम्बियो



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य समस्या देखा परेको छ । २१ फागुनमा मृगौला प्रत्यारोपन गरिएको थियो । त्यसपछि उनको स्वास्थ्यमा सुधार आउँदै गरेका बेला सामान्य ज्वरो देखा परेको उपसचारमा संलग्न चिकित्सकहले बताएका छन् ।

सामान्य ज्वरो आएपछि ओलीलाई बुधवार अस्पतालबाट डिस्चार्ज गरिएन । सोमवारतिर मात्र डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको छ । अपरेशन गरेको घाउँ दुखेपछि कहिले काँही ज्वरो आउने चिकित्सकहरुले बताएका छन् । ‘उहाँमा धेरै ज्वरो आएको होइन, सामान्य ज्वरो देखिएको छ’ उपचारमा संलग्न एक चिकित्सकले भने ।

प्रधानमन्त्री ओलीको रगत र पिसाव परीक्षणका लागि पठाइएको छ । त्यसको रिपोटअनुसार पनि प्रधानमन्त्रीको अस्पताल बसाईलाई निर्धारण गर्ने भएको छ । प्रधानमन्त्री पत्नी राधिका शाक्य र केही चिकित्सकहरु अझै केही समय अस्पतालमै राख्नु पर्ने पक्षमा छन् भने केही चिकित्सक र सचिवालयका सदस्यहरु बालुवाटारमा लिएर आराम गराउने पक्षमा छन् । बालुवाटारमा भए प्रधानमन्त्रीले आराम नगरी काम गर्न थाल्ने भएका कारण केही समय अस्पतालमै राख्नु पर्ने तर्क गर्न थालिएको छ ।

प्रधानमन्त्री ओलीलाई ज्वरो आएपनि चिकित्सकहरुले औषधी खान दिएका छैनन् । रगत र पिसावको रिपोट हेरेपछि मात्र औषधी खान दिने तयारी चिकित्सकहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...