स्थलमार्गबाट पर्यटक नेपाल आउन बन्द



 

नेपाल आउने तेस्रो मुलुकका पर्यटकका लागि अब स्थलमार्ग बन्द भएको छ । भारत सरकारले सबै विदेशी नागरिकका लागि भारत आउने भिसा रद्द गरिदिएपछि अब भारतीय स्थलमार्ग हुँदै नेपाल छिर्ने तेस्रो मुलुकका पर्यटकको समेत बाटो बन्द भएको हो । अहिलेसम्म भारतबाट आउने पर्यटकलाई नेपालमा ‘पर्यटक’का रुपमा गणना गर्ने गरिएको छैन ।

स्थलमार्गबाट आउने पर्यटकको चाप सबैभन्दा धेरै लुम्बिनीमा हुन्छ । यसले लुम्बिनी क्षेत्र सुनसान हुनेछ । नेपालले भारतीय नागरिक स्थलमार्गबाट छिरेको अवस्थामा भने पर्यटक मान्दैन ।

तर,  दक्षिणतर्फका सीमा नाकाबाट नेपाल छिर्ने तेस्रो मुलुकका नागरिकलाई भने पर्यटकका रुपमा गणना गरिन्छ । भारतले १५ अप्रिलसम्मका लागि सबै मुलुकका पर्यटकको भिसा रद्द गरिदिएको छ ।

यता, चीनतर्फको सीमा नाकासमेत बन्द छ । रसुवागढी नाका करीव एक महिनादेखि ठप्प छ । यो नाकाबाट पर्यटक नेपाल छिर्न पाएका छैनन् । यता, तातोपानी नाकासमेत बन्द भएका कारण अब दुबै देशबाट नेपाल प्रवेश गर्ने स्थलमार्ग बन्द भएको हो ।

सन् २०२० को फेब्रुअरीमा कूल १ लाख १ हजार ४ सय जना पर्यटक नेपाल आएका थिए । यसमध्ये स्थलमार्गबाट मात्र करीव २४ हजार ३ सय ३६ जना पर्यटक नेपाल भित्रिएका छन् । यी अधिकांश दक्षिणतर्फका नाकाबाट छिरेका पर्यटक हुन् ।

भारतसँगको हवाई यात्रा समेत प्रभावित

भारत सरकारले सबै देशका नागरिकलाई भारत यात्रामा प्रतिवन्ध लगाउने निर्णय गरेको छ । यसले अब नेपाल र भारतीबीचको हवाई यात्रा समेत प्रभावित हुने भएको छ । यद्यपी आकस्मिक काम परेको अवस्थामा दूतावासमा सम्पर्क गरी यात्रा अनुमति लिन सकिने प्रावधान भारत सरकारले ल्याएको छ ।

नियमित यात्रुमाथि लागेको प्रतिवन्धले अब भारततर्फको समग्र यात्रा नै प्रभावित हुने नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष मधुसुदन उपाध्यायले जानकारी दिए ।

‘स्थलमार्ग त अब ठप्प नै हुने भयो’, उनले भने, ‘सबै देशका नागरिक भारत छिर्न नपाउने भनेपछि अब हवाई यात्रा समेत प्रभावित हुनेछ ।’

भारतले  नेपाली यात्रुको हकमा कुन कुन शर्त राखेको छ भन्नेबारे बुझ्न नेपाली पर्यटन व्यवसायीले दूतावासमा छलफलको तयारी गरिरहेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयको एडभाइजरीमा नेपालको हकमा के हुने भन्ने स्पष्ट छैन । सबै मुलुकको भिसा रद्द भनिएको छ । तर, नेपालीले भारत जाँदा भिसा लगाउनु पर्दैन ।

फेब्रुअरी महिनामा हवाई यात्राबाट ७७ हजार ६४ जना पर्यटक आएका छन् । गत वर्षभन्दा यो वर्ष हवाई यात्रु केही बढेका छन् । स्थलमार्गबाट भने २४ हजार ३ सय ३६ जना पर्यटक नेपाल आएको अध्यागमन विभागलाई उद्धृत गर्दै पर्यटन बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्