कमल थापाले भने ‘अब म कहिल्यै पार्टी फुटाउँदिनँ’



हाम्रो इकोनोमि

 

राप्रपा अध्यक्ष कमल थापाले अब फेरि कहिल्यै नफुट्ने, नचुटिने, नअलग्गिने संकल्पका साथ एकीकृत भएको बताएका छन् । ‘म कहिल्यै पनि पार्टी फुटाउनेछैन’, उनले गीता छोएरै भने, ‘तपाईंहरूलाई विश्वास लागेन, मैले गीता ल्याएको छु । यो गीता हातमा राखेर हामी हिन्दू–राष्ट्र चाहने सनातन धर्मका पक्षपातीहरु यो गीता हातमा राखेर कसम खान्छु, राप्रपालाई कदापि फुट्न दिनेछैन । यो गीता उहाँहरुलाई पनि चाहिन्छ कि यहीं छाडेर जान्छु ।’

राप्रपा र राप्रपा संयुक्तको एकीकरण घोषणासभामा कार्यकर्ताले तामातुलसी र गीता स्टेजमै लगेका थिए । अध्यक्ष थापाले उनीहरूलाई फर्काएका थिए । कार्यक्रमलाई सम्बोधनका क्रममा उनले गीता छोएर पार्टी नफुटाउने कसम खाएका हुन् ।

‘पार्टी एकताको यो सुखद क्षणमा म एकीकृत राष्ट्रिय प्रजातान्त्रिक पार्टीका प्रथम अध्यक्ष स्वर्गीय पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई सम्झना गर्न चाहन्छु । यो पार्टीको स्थापनामा र पार्टीलाई नयाँ उचाइमा पु्याउने क्रममा उहाँको महत्वपूर्ण योगदान छ’, उनले राप्रपा र राप्रपा संयुक्तबीच एकता घोषणासभामा भने, ‘उहाँको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

उनले यो एकताबाट आफू एकदमै खुसी रहेको बताए । ‘पार्टी विभाजन भएको दिनदेखि जुन पीडा मैले भोगेको थिएँ त्यसलाई म शब्दमा वर्णन गर्न सक्दिनँ’, उनले भने, ‘र आज पार्टी एकता भएको घडीमा म साह्रै खुसी छु । एकताका निम्ति योगदान पुर्याउने सबै साथीहरुलाई धन्यवाद दिन चाहन्छु । मेरो बोझ पनि घटेको छ । विगतमा अध्यक्ष भएर एक्लैले बोक्नुपरेको भार अहिले दुई बलिष्ठ काँधहरुसँग मैले सेयर गर्ने सौभाग्य पाएको छु । यो जिम्मेवारी वहन गर्न तयार भइदिनुभएकोमा म आदरणीय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीज्यूप्रति आभारी छु ।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...