ओली निवास छाड्ने बास्कोटाको योजनामा धक्का



हाम्रो इकोनोमि

 

सञ्चारमन्त्रीबाट राजीनामा दिइसकेपछि बास्कोटाले बालकोटस्थित केपी ओलीनिवास छाडने चर्चा चलेको थियो । तर, उनले आफू बस्ने घरको व्यवस्थापन गर्न नभ्याएकाले सो घरमा सर्न ढिलाइ भएको थियो । उनी त्यहाँ सरिसकेको भए मानवीय क्षति पनि हुन सक्थ्यो ।

तर, घर पुनर्निर्माण नसकिएका कारण उनी दुई महिनापछि यहाँ सर्ने योजनामा थिए । तर, बिस्फोटको घटनापछि उनको बालबोक बसाइ थप लम्बिने देखिएको छ ।

छिमेकीहरुका अनुसार पूर्वमन्त्री बास्कोटाले सो घर १५ वर्ष पहिले नै बनाएका हुन् । मन्त्री हुनुपूर्व उनको परिवार त्यही घरमा बस्थ्यो । तर, एकतले घर साँघुरो भएको भन्दै पुरानो घरमा दुईतला थप्ने कार्य भइरहेको थियो । थपिएका तल्लामा ३/३ वटा गरी ६ वटा नयाँ कोठाहरु निर्माणाधीन छन् ।

पौने ४ आनामा घर बन्दाखेरि यो ठाउँ नगरपालिकाभित्र पर्दैनथ्यो । दिव्यश्वरी गाविस हुँदाखेरि सो फाँटमा बास्कोटाको सहित त्यसबेला ५/६ वटा घरहरु मात्र थिए । सुरुमा बाटोसमेत थिएन । गाविस भएकाले नक्शा पाससमेत नगरी त्यहाँ ६ वटा घरहरु बनेको स्थानीयबासी बताउँछन् । पछि यहाँ अरु ठूला घरहरु थपिएको स्थानीयको भनाइ छ ।

प्रहरी चिया खान जाँदा घटना, सुरक्षा संयन्त्रको क्षमतामाथि प्रश्न

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार बिहान ७ बजेतिर घरमा काम गर्ने मजदुरलाई प्रहरी जवानले नै उठाएका थिए । मजदुरलाई उठाएर चिया खान गएका बेला विष्फोट भएको ड्युटीमा रहेका जवानले वयान दिएका छन् ।

बस्नेत र घिमिरेको घरको बीचमा रहेको खाली ठाउँबाट छिरेर ७ः३० देखि ७ः३५ को बीचमा प्रेसर कुकर बम राखिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी बताउँछ । बम राखेको ५ मिनेटको अवधिमा विष्फोट गराइएको पाइएको प्रहरी दाबी छ ।

छिमेकीले पनि घिमिरेको घर पछाडि पट्टि थुपारिएको गिटी छेऊ एक व्यक्ति उभिएको देखेको वयान दिएका छन् । त्यही ठाउँबाट बम विष्फोट गराउन प्रयोग भएको रिमोट पनि बरामद भएको थियो ।

अपराधस्थलमा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि बरामद भएकाले अनुसन्धानको सुई विप्लव समूहतर्फ सोझिएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी सविन प्रधान बताउँछन् ।

प्रधानले रिमोट थिचिएको स्थान नजिकै उभिएर सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै भनेका छन्, ‘पूर्वसञ्चार मन्त्रीज्यूको घरचाहिँ अलिकति थ्रेटमा छ भन्ने महसुस गरेर हामीले २४ सै घण्टा ड्युटी तैनाथ गरेको अवस्था पनि थियो ।’

एसपी थापाले बास्कोटाको घरमा यस्तो घटना हुन सक्ने पूर्वानुमान प्रहरीलाई रहेको बताउँदै भनेका छन्, ‘हामीले नियमितरुपमा कुनै पनि ठाउँमा कुनै प्रकारको घटना हुन्छ भन्ने अनुमान पनि गर्छौं र त्यही अनुमानको आधारमा सर्टेन एरिया कभर गरिराखेको हुन्छ ।’

एसपी प्रधानले घटनाको पूर्वाभास भएको दाबी मात्र गरेका छैनन्, त्यहाँ २४ सै घण्टा ड्युटीमा प्रहरी तैनाथ गरिएको पनि बताएका छन् । तर, बुधबार बिहान पौने ८ बजे बम पड्किएपछि मात्रै ‘२४ सै घण्टा ड्युटीमा रहेका’ प्रहरीले विप्लव समूहको आक्रमणबारे पत्तो पाए ।

त्यति मात्र होइन, बास्कोटाको घर जाने बाटो र वरपर क्लोज सर्किट (सीसी) क्यामरा समेत नभएको अध्ययन गरेर विप्लव कार्यकर्ताले खुलेआम प्रेसर कुकरको झोला बास्कोटा निवासको पूर्वपट्टी रहेको पर्खालमा राखेका छन् ।

यो घटनाले मुलुकको फ्रन्टलाइन सुरक्षा संयन्त्रको चुनौति विश्लेषण र परिचालन क्षमतामाथि गम्भीर प्रश्न उठाइदिएको छ । प्रहरीका लागि यो लज्जास्पद घटना पनि हो ।

तीन जिल्लाको प्रहरी परिचालनको जिम्मेवारी लिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेल भन्छन्, ‘प्रहरीबाट कहाँ ल्याप्सेस भयो भन्ने विषयमा पनि अनुसन्धान हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...