प्रधानमन्त्री ओलीले एक महिना आराम गर्नु पर्ने



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएपछि दुई दिनभित्र डिस्चार्ज गर्ने गरी चिकित्सकहरु तयारी थालेका छन् । अस्पतालबाट डिस्चार्ज भएपनि करिव एक महिना प्रधानमन्त्री ओलीले निवासमै आराम गर्ने भएका छन् ।

झण्डै एक साताअघि प्रधानमन्त्री ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत सोमबार अस्पतालमा भर्ना भएका ओलीको बुधवार मात्र मृगौला प्रत्यारोपन गरिएको थियो । प्रत्यारोपन गरिएको मृगौलाले काम गर्न थालेको छ भने उनको स्वास्थ्यमा दैनिक सुधार हुँदै आएको छ । स्वास्थ्यमा सन्तोषजनक सुधार आएपछि दुई दिनभित्र डिस्चार्ज गर्ने तयारी उपचारमा संलग्न चिकित्सकहरुले थालेका छन् ।

‘उहाँको स्वास्थ्य हामीले चाहेअनुसार नै सुधार हुँदै गएको छ’ उपचारमा संलग्न चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीले भने ‘यही अबस्था रहे २ दिनभित्र उहाँ डिस्चार्ज हुनुहुनेछ ।’

डाक्टर ज्ञवालीकाअनुसार प्रधानमन्त्री ओलीको रगत, रक्तचाप, पिसाबलगायत सबै सूचकाङ्क राम्रो स्थितिमा छन् । स्वास्थ्यका सवै सुुचकांकहरु राम्रो स्थितिमा भएपनि प्रधानमन्त्री ओलीले एक महिना आराम गर्नुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन् । अहिले उनलाई सन्तुलित आहार दिन थालिएको र नियमित हिँडडुल गराउन थालिएको छ । सङ्क्रमणको जोखिम बढने सक्ने भन्दै डाक्टरहरुले तत्काल काममा नफर्किन र आराम गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...