देउवा गुट पत्तासाफ, पौडेल समुह बलियो बन्दै



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई १४औँ महाविधेशनमा सभापतिका लागि तयारी गरेका छन् ।

१३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका पौडेलले आफूलाई भावी सभापतिका रुपमा प्रस्तुत गर्न थालेका हुन् । पौडेलले यस पटक कोइराला परिवारलाई मिलाएर सभापति बन्ने योजनामा लागेको उनी निकटका नेताहरूले बताएका छन् ।

पौडेललाई १३औँ महाधिवेशन कोइराला परिवारले धोका दिएको चर्चा पनि चलेको थियो । तर, पौडेललाई कोइराला परिवारभन्दा पनि नेता कृष्णप्रसाद सिटौलाले असहयोग गरेका कारण सभापतिमा पराजित भएका थिए ।

यस पटक वरिष्ठ नेता पौडेलले १३औँ महाविधेशनका गल्तीहरूलाई दोहोरिन नदिने पक्षमा छन् । सोही कारण पौडेलले आफूलाई देश दौडाहमा सक्रिय बनाएका छन् ।

उनले कोइराला परिवार, प्रकाशमान सिंहलगायतका नेताहरूलाई मिलाउने पक्षमा छन् । त्यति मात्रै होइन पौडेलले सिटौला समूहमा रहेका गगन थापा र प्रदीप पौडेल जस्ता नेताहरूलाई आफ्नो समूहमा ल्याउन सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...