ठगहरुले कुनै पनि हालतमा छुट पाँउदैनन् : प्रभु साह



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले ठगहरुले कुनै पनि हालतमा छुट नपाउने बताएका छन् ।

रौतहटको गरुडा नगरपालिका–५, शिवनगरमा शनिबार विकासका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साहले जताततै जनता ठग्नेहरुको बिगबिगी भएको भन्दै त्यसबाट समाजलाई मुक्त बनाउनुको विकल्प नभएको बताए ।

शिवनगर मन्दिर निजीकरण गरिनु ठगीको उत्कर्ष भएको भन्दै अध्यक्ष साहले भने, ‘म तपाईहरुको बीचमा केही प्रश्न राख्न चाहन्छु त्यसमाथि विचार गर्नुहोला । यदि शिवनगर मन्दिरको जग्गा पुजारीको निजी जग्गा हो भने त्यसमा बजार लगाउन मिल्छ ? बजार लगाउन अनुमति लिनुपर्छ कि पर्दैन ? यदि शिवनगर मन्दिर निजी जगा हो भने यसरी मेला लगाउन मिल्छ ? यदि मन्दिर निजी हो भने व्यक्तिको सम्पतिको नाममा दान दक्षिणा लिन मिल्छ ? अनि त्यसरी भइरहँदा राज्यले टुलुटुलु हेर्ने हो र ? यो सरासर ठगी हो ।’

‘कानुनले मठ मन्दिर लगायतको ठाउँलाई सार्वजनिक सम्पत्ति मानेको छ । र यहाँ जुन किसिमको काम भएको हो, यो ठगीको पराकाष्ठा हो । यस्ता ठगी कुनै पनि हालत क्षम्य हुँदैन । अब कसैलाई पनि ठगी गर्ने छुट छैन’ अध्यक्ष साहले भने, ‘सार्वजनिक सम्पतिलाई निजी बनाउने जस्ता काम गर्ने ठगहरुलाई कानुनी दायरामा ल्याउनैपर्छ, यसका लागि पहिला तपाईहरु नै लाग्नुपर्छ, बाँकी लडाई हामी लडछौँ ।’

प्रदेश सांसद कुन्दन कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री सत्यनारायण मण्डल, नेताहरु सियाराम कुशवाहा, त्रिभुवन साह, योगेन्द्र साह लगायतको बिशेष सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...