प्रधानमन्त्री ओलीलाई १० दिन आइसीयूमै राखिने



हाम्रो इकोनोमि

 

दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १० दिन त्रिवि शिक्षण अस्पतालको आईसीयूमै रहने भएका छन् ।

ओलीलाई तत्कालका लागि संक्रमणको जोखिम रहने भएकाले चिकित्सकको निगरानीमा कम्तिमा १० दिन अस्पतालकै आईसीयूमै राखिने भएको हो ।

धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितिमा उपचारमा संलग्न चिकित्सकहरू रहेका हुन् ।

प्रधानमन्त्री ओलीलाई शुक्रबार आईसीयूमा हिँडडुल गराइएको थियो । हाल प्रधानमन्त्री अन्य बिरामीभन्दा पृथक् अत्याधुनिक आईसीयूमा भएकाले अस्पताल बसाइ अलि लम्ब्याउँदा अस्पतालजन्य संक्रमणको जोखिम नरहने चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...