बालुवाटारको जग्गा बेचेर खाने अभियुक्त अझै फरार, गच्छदार काठमाण्डौ मै



हाम्रो इकोनोमि

 

ललिता निवासको सरकारी जग्गा अतिक्रमण गरी अनिमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक मुहिनाअघि एक सयभन्दा बढीबिरुद्ध मुद्दा चलायो । दैनिक राज्यको स्रोत साधन प्रयोग गरिरहेका र प्रहरीको सुरक्षा घेरामा रहेका पूर्वमन्त्रीलाई समेत फरार भन्दै अख्तियारले मुद्दा चलाएपछि विशेष अदालत समस्यामा परेको छ ।

प्रतिवादीहरुको घर ठेगाना समेत नखुलाई कतिपयबिरुद्ध मुद्दा चलाएको थियो । उनीहरुको घर ठेगाना खोज्न र अभियुक्तलाई म्याद तामेली गर्न विशेष अदालतलाई अहिले हम्मेहम्मे परिरहेको छ । मुद्दा चलाउँदा अख्तियारले अभियुक्तलाई पनि अदालतमा उपस्थित गराउनु पर्ने प्रावधान छ । तर अख्तियारले सवै प्रतिवादीलाई फरार अभियुक्त भन्दै मुद्दा चलाएको थियो ।

मुद्दा चलाएका सवैलाई अहिले म्याद तामेली गर्न निकै सकस परेको छ । काठमाडौं जिल्ला अदालत मार्फत म्याद तामेली गर्न लागेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए । अख्तियारले सवैलाई फरार अभियुक्त बनाएपछि एक जनाको पनि बयान लिइएको छैन ।

अख्तियारले २३ माघमा १५७ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो । मुद्दा चलाएको एक महिनासम्म पनि कुनै प्रतिवाद अदालत पुगेका छैनन् । प्रतिवादी अदालत नपुगेपछि उनीहरुको बयान हुन सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफ्नो कर्तब्यबाट बिमुख हुँदा ललिता निवास जग्गा प्रकरणको मुद्दामा समस्या पैदा भएको छ ।

अख्तियार तीन पूर्वमन्त्रीसहित १७५ जनाबिरुद्ध मुद्दा चलाएको थियो । मुद्दा चलाइएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छदार प्रहरीको सुरक्षा घेरामा थिए ।गच्छदार काठमाण्डौ मै रहेको आशंका गरीएको छ ।  तर अख्तियारले उनलाई पनि फरार अभियुक्त बनाएको थियो । उनलाई म्याद पठाउन अदालतलाई अहिले समस्या आइपरेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...