गाउँपालिकाका अध्यक्षले नै मागे १ करोड घुस (अडियो सहित)



 

बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसंग ठेक्का मिलाउनको लागि  पैंसाको बार्गेनिङ्ग गरेका छन् ।हिमाली गाउँपालिका वडा नं ४ फैतिमा रहेको शैलेश्वरी प्राविधिक विध्यालयको भवन निमार्ण कार्यको लागि भ्याट बाहेक १ करोड ६९ लाख १० हजार ७ सय ५७ रुपैयाँको ठेक्का खोली आफ्ना छोरालाई मिलाई दिन पैंसाको बार्गेनिङ्ग गरेको र अन्तमा पैसा बाँडेर आफ्नै पोल्ठामा पारेका छन । माघ २१ गते गाउँपालीकाले  ३० दिने सूचना प्रकाशित गरेको थियो । गाउँपालिकामा ६९ वटा निमार्ण ब्यवसायीहरुले बोलपत्र फर्म खरिद गरे  पनि गाउँपालीकाका अध्यक्ष मल्लले निर्माण ब्यबसायीलाई पैसा बाँडेपछि आफ्नो ठेक्का पर्ने उद्देश्यले चार ओटा फर्म मात्र मिलोमतोमा दर्ता गराएका छन ।

गाउँपालिकाका अध्यक्षले विगतका दिनमा आफु निकट कार्यकर्तालाई ठेक्काको जिम्मा दिनेगरेको थिए ।उनले यो पटक मेरा छोराले ठेक्का लिने चासो देखाएकोले निमार्ण ब्यबसायिसंग यसरी बसेको हुँ समेत भनेका छन ।

निमार्ण ब्यबसायिलाई आफ्नो कार्याकक्षमै बोलाई पैंसाको बार्गेनिङ्ग गरी पैसा बाँडेका छन् । निर्माण ब्यसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीले कति प्रतिशत पैंसा बाढ्नु हुन्छ भन्दा गाउँ पालिकाका अध्यक्ष मल्लले पुरै बजेटको ५ प्रतिशत वा ७ प्रतिश बाँढ्न सकिने समेत भनेका छन् ।

निमार्ण ब्यबसायी संघका अध्यक्ष शाहीले त्यो त कम भयो भन्दा १ करोड को ७ प्रतिशद रुपैयाँ लौजानुस समेत भनेका छन् । ब्यबसायिहरुले १३ लाख दिनु पर्ने अडान राखेपछि अन्तमा गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल ९ लाख दिएर कार्यकक्षबाट बाहिरीएको अडियोमा खुलेको छ ।

सरकारले ठेक्का प्रक्रियाबाट घटाघट गरि योजना निर्माण गर्ने गरे पनी स्थानिय तहका जनप्रतिनिहरुले यसरी लुट मचाईरहदा सरोकारवाला निकाय भने मौन रहेको स्थानियको गुनासो छ ।

ठेक्का प्रक्रिया गर्दा प्रतिश्पर्धाका आधारमा गर्नुपर्ने र सवै भन्दा बढी घटेको ब्यवसायीले काम गर्न पाउने ब्यवस्था भए पनि हिमाली गाउपालिकाको सो विद्यालयको भवन वनाउनकालागि ब्यवसायीहरुका विचमा मिलेमतो गरी पैसा बाडेर ठेक्का आफ्नो छोरालाई प्रदान गरेको देखिन्छ । ठेक्का प्रक्रियालाई ब्यवस्थित बनाउन जिल्ला निमार्ण ब्यवसायी संघले समन्वयात्मक भुमिका खेल्नु पर्ने भए पनि उल्टै बार्गेनिङ गर्ने र पैसा बाडफाँड गर्ने गरेको अडियोमा खुलेको छ ।

यो सुन्नुहोस् बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्ल र निमार्ण ब्यबसायि संघ बाजुराका अध्यक्ष संगको गोप्य अडीयो

प्रतिक्रिया दिनुहोस
अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने

डडेलधुराबाट प्रचण्डले देउवालाई गरे फोन

       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

विश्व पौडेलविरुद्धको रिट दरपिठ

    सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा.

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    लामो रस्साकस्सीपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ