प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल,अहिले होस खुल्यो



 

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणसँगै होस खुलेको छ । मिर्गौला प्रत्यारोपण गर्नका लागि दिइएको एनथेसिया (बेहोस बनाउने औषधि)ले काम गर्न छाडेपछि उहा होसमा आउनु भएको हो ।

मिर्गौला प्रत्यारोपणपछि अप्रेशन थिएटरबाट पोस्ट आपरेटिभ वार्डमा सारिएका प्रधानमन्त्री ओलीको होस खुलेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनु भएको छ । उहाका अनुसार होस खुलेपछि प्रधानमन्त्री चल्मलाउन थाल्नु भएको छ । यद्यपी पूर्ण होसमा आउन भने केही समय लाग्नेछ ।

बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको शल्यक्रिया दिउँसो २ बजेर ४५ मिनेटसम्म चलेको थियो । मिर्गौला दाता भाञ्‍जी समीक्षा सर्गौला र प्रधानमन्त्री ओलीको शल्यक्रिया एकैसाथ गरिएको थियो । समीक्षाको देब्रे मिर्गौला झिक्ने शल्यक्रिया सकेलगत्तै चिकित्सकहरुले प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेका थिए ।

शल्यक्रियाको नेतृत्वको गरेका डा. प्रेम ज्ञवालीका अनुसार प्रत्यारोपणको करिब डेढ घण्टापछि ओलीको होस खुलेको हो । ‘अहिले उहाँले हात खुट्टा चलाउन थाल्नु भएको छ । उहाँ पूर्ण होसमा आइसक्नु भएको छ’, ज्ञवालीले भन्नुभयो, ‘अब उहाँ कुरा गर्न सक्ने अवस्थामा आउन केही बेर लाग्छ ।’ होसमा आएपछि उहाले चिकित्सकहरुलाई इशारामै धन्यवाद समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख